नेकपा नेतृ झाँक्री बिना सर्त रिहा, बिहीबार दिनभर झाँक्री गिरफ्तारको घटना सनसनीपूर्ण – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेकपा नेतृ झाँक्री बिना सर्त रिहा, बिहीबार दिनभर झाँक्री गिरफ्तारको घटना सनसनीपूर्ण


नयाँ बिकल्प,

काठमाडौं । सरकारको दबाबमा प्रहरी लगाई पक्राउ गरिएकी नेकपा प्रचण्ड — माधव समूहकी नेतृ तथा प्रतिनिधिसभाकी निवर्तमान सदस्य रामकुमार झाँक्रीलाई प्रहरीले अहिले साँझ छाडेको छ ।
प्रहरीले घरमै लगेर छाडिदिने सर्तमा उनलाई रिहा गरिएको छ ।

राष्ट्रपतिविरुद्ध एक साताअघि गोरखामा आयोजित एक कार्यक्रममा अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले आज दिउँसो उनकै निवास नयाँ बानेश्वर शंखमुलबाट पक्राउ गरेको थियो ।

नेतृ झाँक्रीले आफूलाई कुनै उजुरीविना नै प्रहरीले पक्राउ गरेको बताएकी छन् । उनले सरकारको प्रत्यक्ष दबाबबाट प्रहरीले आफूलाई नियन्त्रणमा लिएको हिरासतमुक्त भएपछि सञ्चारकर्मीलाई बताइन् ।

‘मेरोविरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन । सरकारले प्रत्यक्ष दबाब दिएर नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । राजनीतिक रूपमा ुह्यारेस्टमेन्टु गर्ने हिसाबले पक्राउ गरिएको हो’, रिहा पछि उनले भनिन् ।

झाँक्रीले आफ्नो रिहाइसँगै प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको दाबी गरिन् । दबाबका अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताईन् । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिबारे गोरखामा दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको छ ।

झाँकी पक्राउ विरोधमा राजनीतिक दल, दलका नेता र नागरिक समाजबाट समेत चर्को विरोध भएपछि सरकार उनलाई बिनासर्त रिहा गर्न बाध्य भएको थियो ।

सामाजिक सञ्जालमा झाँक्रीले बुधबार नेकपा प्रचण्ड माधव समूहको बिरोध सभामा बोलेको, जनआन्दोलनमा प्रहरी दमनबाट रक्ताम्य भएको र ११ वर्षअघि माघ २९ गते भएको बिबाहको तस्बीर भाईरल भएका छन् ।

उनलाई कतिपयले बैबाहिक वर्षगाँठमा प्रधानमन्त्री ओलीले गिरफ्तार गरेर गिफ्ट दिएको ब्यङ्ग्य पनि गरेका थिए । बिहीबार दिनभर सामाजिक सञ्जाल र राजनीतिक बृत्तमा झाँक्री गिरफ्तारीको बिरोधमा सरकारको आलोचना भएको थियो भने युवा तथा विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका थिए ।

उनको रिहाइ नगरिए आम हड्ताल गर्ने अनेरास्ववियूले चेतावनी दिएको थियो ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ माघ २९, १९: २१

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ माघ २९, १९: २१

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ माघ २९, १९: २१

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...