५४ मेगावाटको सुपर दोर्दी जलविद्युतको जीप दुर्घटनामा ३ को निधन, निर्माण कार्य ठप्प – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

५४ मेगावाटको सुपर दोर्दी जलविद्युतको जीप दुर्घटनामा ३ को निधन, निर्माण कार्य ठप्प


नयाँ बिकल्प,
काठमाडौं – पिपुल्स हाईड्रो पावर लिमिटेडले लमजुङ जिल्लास्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिरहेको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण शुक्रबार बन्द गरिएको छ ।

आयोजनाको निर्माणस्थलतर्फ गइरहेको जीप बिहीबार दुर्घटनामा परी आयोजनामा कार्यरत ठेकेदार कम्पनीका २ र आयोजनाका १ कर्मचारीहरुको मृत्यु भएकाले शुक्रबार एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजनाका निर्देशक गणेश कार्कीले बताए ।

जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना सख्त घाईते भएका छन् । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी जीप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका–१० घर भएका इञ्जिनीयर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको थियो ।

आयोजनाका इञ्जिनीयर सुनिलकुमार शाह घाइते भएका छन् । सो जीपमा सवार सिमी ताजेँ घर भएका १५ वर्षे अनु घले र १५ वर्षे सुशाना विक घाइते भएका छन् । जीप सडकबाट १२० मिटर तल खसेको छ ।

ठेकेदार कम्पनीका कामदार कर्मचारी र आयोजनाका कर्मचारीको विमा गरिएकाले विमाबाट प्राप्त रकममा केही रकम थप गरी मृतकका परिवारलाई क्षतिपूर्ती दिइने विषयमा छलफल भइरहेको पिपुल्स हाईड्रो पावर कम्पनीले जनाएको छ ।

झण्डै ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले निकट भविश्यमै सर्वसाधरण र आयोजना प्रभावितको लागि शेयर आवेदन आव्हानको निर्णय गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ माघ ३०, १२: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ माघ ३०, १२: ५८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ माघ ३०, १२: ५८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...