भारगरथी हत्या प्रकरणः दोषी नजिक पुगेकाे गृहमन्त्री थापाकाे दाबी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

भारगरथी हत्या प्रकरणः दोषी नजिक पुगेकाे गृहमन्त्री थापाकाे दाबी

नयाँ विकल्प

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षिय किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको बताएका छन् ।

उनले उक्त घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउनेसमेत प्रतिबद्धता जनाए । गृहमन्त्रालयमा आज महिला हिंसाका घटना बढेकाले हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसियसन, महिला समितिको नेतृत्वमा गृहमन्त्रालय आएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री थापाले उक्त घटनामा सरकार गम्भिर रहेको समेत बताए ।

कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्याउने गरी छानविन प्रक्रिया अघि बढेको जानकारी गराए । महिला हिँसा रोक्न सरकार गम्भि रहेको दोहोर्याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको जानकारी दिए ।

उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत बताए । सो क्रममा महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका हुन् ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ फाल्गुन ४, १४: ०४

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ फाल्गुन ४, १४: ०४

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ फाल्गुन ४, १४: ०४

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...