
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी पार्टी केन्द्रीय कार्यसमितिको बैठक बुधबार बोलाएपछि गुट भेलाको तयारीमा रहेको नेता रामचन्द्र पौडेल समूह भेला गर्ने निर्णयबाट पछि हटेको छ ।
सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक बुधबार फागुन ५ गतेको लागि बोलाएपछि आफू निकटका केन्द्रीय सदस्य र जिल्ला सभापतिको गुटगत भेला बोलाएको नेता पौडेल समूह त्यस्तो तयारीबाट पछि हटेको हो ।
सभापति देउवाको एक बर्ष थप गरिएको कार्यकाल समेत सकिन लागेको अवस्थामा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति तोक्नको लागि दबाब दिने उदेश्यले सो भेला बोलाइएको थियो ।
गत असार २२ गते बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म राजधानीमा गर्ने निर्णय गरे पनि नयाँ क्रियाशिल सदस्यता वितरण र नविकरण कार्य सम्पन्न हुन नसक्दा महाधिवेशन अनिश्चित थियो ।
नेता पौडेल समुहले आफू निकटका जिल्ला सभापतिहरुको भेला बोलाउने दिन बुुधबार नै पार्टी केन्द्रीय कार्यसमितिको बैठक देउवाले डाकेपछि जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको हो ।
गुटगत भेलाको तयारी गरिरहेका नेता पौडेल निकटका काभ्रे जिल्ला सभापति मधु आचार्यले बुधबारको लागि तय भएको जिल्ला सभापतिहरुको भेला स्थगित भएको जनाएपछि काठमाडौं आउने तयारी गरेका सभापतिहरुले बताएका छन् ।
भोली बस्ने केन्द्रीय कार्य समिति बैठकले पार्टीको आगामी १४ औं महाधिवेशनको नयाँ मिति तोक्ने भएको छ । त्यसको लागि संविधानको सुविधा प्रयोग गर्दै कांग्रेसको विधान संशोधन अनिवार्य भएको छ ।
कांग्रेसको विधान अनुसार सभापतिको कार्यकाल ४ वर्षको हुन्छ । सभापति देउवाको ४ वर्षे कार्यकाल गत बर्ष फागुन मसान्तमा सकिएको थियो । कोरोना महामारीको कारण देखाउँदै विधान बमोजिम थप गरिएको एक वर्षे कार्यकाल पनि यही महिना सकिँदैछ ।
संविधानअनुसार देउवाले छ महिना कार्यकाल थप गर्न पाउँनेछन् । पार्टीको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो । सभापति देउवाले पदिय जिम्मेवारी भने चैत १ गतेबाट सम्हालेका थिए ।
फागुन ७–१० गते सम्म हुने भनिएको १४ महाधिवेशनको तयारी भएको थिएन भने अर्को मिति तोकिएको पनि छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा मध्यावधि चुनावको घोषणा गरेपछि पार्टीको महाधिवेशन कहिले हुने भन्ने अन्योल छ ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...