कांग्रेस महाधिवेशनको नयाँ मितिमा बिबादः बैठक नबसी तीन समूह आ–आफ्नै छलफलमा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेस महाधिवेशनको नयाँ मितिमा बिबादः बैठक नबसी तीन समूह आ–आफ्नै छलफलमा

नयाँ बिकल्प,
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार दिउँसो बोलाइएको बैठक महाधिवेशनको नयाँ मिति कहिले तोक्ने भन्ने विषयमा बिबाद हुँदा अनौपचारिक छलफमा केन्द्रीत भएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको गत असार २२ मा बसेको बैठकले फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, कोरोना संक्रमण र संगठनको आन्तरिक समायोजन प्रक्रिया र तयारी पुरा नहुँदा अधिवेशन असम्भव भएको हो ।

पछिल्लो समय पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि कांग्रेसका नेताहरु निर्वाचन र आन्दोलन गरी दुुई विषयमा विभाजित हुँदै आएका छन् ।

केन्द्रीय कार्यसमितिको औपचारिक बैठकअघि नेताहरू तीन समूहमा छलफल गरिरहेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला आ–आफ्नो कार्यकक्षमा आफूनिकट नेताहरुसँग आन्तरिक छलफलमा लागेका हुन् ।

पार्टीको १४औं महाधिवेशनको नयाँ मिति र कार्यतालिका घोषणा तथा संसद विघटनको बिरुद्ध आन्दोलन गर्ने कि अदालतको आदेश कुर्ने भन्ने विषय आजको केन्द्रीय कार्यसमितिको एजेण्डा थियो । तर, तीन समूहका तीन थरी प्रस्ताव आएपछि औपचारिक बैठक बस्न नसकेको हो ।

पार्टी सभापति र संस्थापन पक्षका नेताहरु संविधानले दिएको सुविधालाई उपयोग गर्दै पार्टी विधानलाई संशोधन गरी कोरोना कहरको कारण देखाएर वर्तमान नेतृत्वको कार्यकाल ६ महिना थप्ने र महाधिवेशनको नयाँ मिति भदौमा तोक्नु पर्ने पक्षमा छन् ।

सभापति देउवा प्रतिनिधि सभा विघटनको मुद्धा सर्वोच्च अदालतमा सुनुवाईको क्रममा रहेकोले पर्खनु पर्ने भन्दै चुनावको पक्षमा कांग्रेस रहेको धारणा सार्वजनिक गर्नु पर्ने पक्षमा छन् । देउवालाई उनी समूहका नेताले पनि आन्दोलन गर्न नहुने दबाब दिँदै आएका छन् ।

तरm, नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूह भने आगामी भदौमै १४ औं महाधिवेशनको मिति तोक्नु पर्ने अडानमा छन् । उनीहरु प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबिरुद्ध सशक्त आन्दोलन गर्नु पर्ने पक्षमा छन् ।

अर्का नेता कृष्णप्रसाद सिटौला निकटका केन्द्रीय सदस्यहरु भने आजको केन्द्रीय कार्यसमिति बैठकमा जेठदेखि महाधिवेशनको कार्यतालिका शुरु गर्नु पर्ने पक्षमा छन् । सिटौला पक्षले जेठदेखि शुरु हुने सातौं तहसम्मका अधिवेशन साउनसम्म सकेर भदौमा महाधिवेशन गर्नु पर्ने प्रस्ताव बैठकमा राख्ने तयारी गरेका छन् ।

सिटौला पक्षका नेताहरुले भने काठमाडौंमा नेकपा ओली र प्रचण्ड–नेपाल समूहको भन्दा ठूलो बिरोध सभा गरेर शक्ति प्रदर्शन गर्नु पर्ने मत अघि सार्ने भएका छन् ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ फाल्गुन ५, १५: ५९

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ फाल्गुन ५, १५: ५९

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ फाल्गुन ५, १५: ५९

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...