नेपाल लाइफको जीवन बिमा कोषमा १ खर्ब – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपाल लाइफको जीवन बिमा कोषमा १ खर्ब

नयाँ विकल्प

काठमाडाैं– नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.४७% बढाउन सफल भएको छ ।

गत वर्ष ३५ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले यो त्रैमासमा बढाएर ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीले खुद बिमा शुल्क पनि २२.८३% ले बढाएर १७ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ । 


 गत वर्ष यसले १३ अर्ब ९१ करोड रुपैयाँमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । यसअवधिमा नेपाल लाइफको जीवन बिमा कोषको आकार ३०.५३% ले बढेर १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसको जीवन बिमा कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ थियो । हाल नेपाल लाइफको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ ।

यसले महाविपत्ति कोषमा लागि ५९ करोड ८९ लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्म यस इन्सुरेन्सले ५ अर्ब २४ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । १ अर्ब २९ करोड ४० लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा छ । 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ फाल्गुन ११, १४: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ फाल्गुन ११, १४: ३२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ फाल्गुन ११, १४: ३२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...