प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?

मृतक प्रविण बाँस्तोला


नयाँ बिकल्प,

काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको शंकास्पद मृत्युको घटनामा राज्यका तल्ला निकायले देखाएको व्यवहारले यस्तो झझल्को दिई रहेको छ ।

एक साधरण नागरिकको मृत्युको छानबिनमा प्रहरी अधिकृतले आफ्नो अधिकारको कतिसम्म दुरुपयोग गर्दा रहेछन् भन्ने गतिलो उदाहरण बनेको छ, नेपाल प्रहरीका अधिकृतहरुको कर्तव्य र भूमिका ।

मृतकको शव परिवारजनलाई थाहै नदिई उठाउने, किटानी जारी दिँदा समेत शंकास्पद व्यक्तिलाई सयमै नियन्त्रणमा नलिने, अनुसन्धान र मिसिल तयार गरी सरकारी वकिलमा बुुझाउन ढिलाई गर्ने र मिसिलमा मृतकको नाममा अर्कै तस्वीर टाँस्ने जस्ता गम्भीर त्रुटि र कमजोरीले प्रहरी जनताको सेवक हो कि पीडक भन्ने प्रश्न उब्जाएको छ ।

हो, केही प्रहरीले नागरिकको सुरक्षा र अपराध अनुसन्धानमा निकै मेहनेत र योगदान पनि दिएका छन् । तर, केही प्रहरी अधिकृतको लापरवाही र कर्तव्यच्युुत ब्यवहारले त्यस्ता असल प्रहरी अधिकृतको क्षविमा समेत दाग लगाइ दिएको छ ।

बैतडीकी भागरथी भट्टको बलात्कारपछिको हत्या प्रकरणमा रात दिन मिहनेत गरेर अनुसन्धा गरी दोषीलाई न्यायको कठघरामा उभ्याउन योगदान दिए बापत दुुई प्रहरीलाई बढुवा र पाँच प्रहरीलाई पुरस्कृत गरिएको समाचार आउँदै गर्दा उर्लाबारी घटनमा चरम लापरवाही गर्ने प्रहरी अधिकृतलाई किन कारबाहीको दायरामा ल्याउन सकेन भन्ने प्रश्न आम नागरिकमा उब्जिएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अनुसन्धानमा लापरिबाही गर्नेहरुलाई समयमै कारबाही नहुँदा, प्रहरी नेतृत्व चनाखो नहुँदा प्रहरी प्रशासनलाई दबाब दिन नागरिकले शक्ति नै प्रयोग गर्नु पर्ने अभिषापपूर्ण संस्कारलाई प्रहरी र प्रशासनले आमन्त्रण गरिरहेको छ ।

उर्लाबारीका प्रविण बास्तोलाको शंकास्पद मृत्युको छानबिन गर्न प्रहरीको लापरवाही र बदनियत देखिएको कुरा आमसञ्चारमाध्यम र सामाजि संजालमा छ्याप छ्याप्ती भएको छ ।

नक्कली फोटो टाँस्ने र मृतकका परिवारलाई मिसिल नदेखाउने, सही सूचना नदिएर ढाँट्ने र सरकारी वकिललाई दोष देखाउने प्रबृत्तिलाई आज नेपाल प्रहरीको नृेतृत्वले टुलुु टुलु हेरेर बस्नुको पछि राजनीतिक नेतृत्व वा शक्तिकेन्द्रको ठूलै दबाब भएको सहजै अनुुमान गर्न सकिन्छ ।

प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न खोज्ने पीडित परिवारप्रति प्रहरीले गरेको दुुव्र्यवाहार, असहयोगी व्यवहार र काममा ढिला सुस्तीले गर्दा आमनागरिकले न्याय पाउन र प्रहरीबाट सेवा पाउन सामाजिक सञ्जाल र भिँड तथा शक्ति नै प्रस्तुत गर्नै पर्ने बाध्यता सृजना गरिरहेको छ ।

अनुसन्धानको नेतृत्व गरिरहेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक उद्धब पोखरेललाई निलम्बन गरेर सामान्य सोधपुछ गर्न समेत नसक्ने कमजोर र निरिह प्रबृत्तिले प्रहरी प्रशासन सबल, बलियो, बिश्वासिलो तथा क्षबि उच्च बन्नसक्दैन ।

शक्ति केन्द्र र राजनीतिको आडमा प्रहरी प्रशासनलाई कमजोर बनाउने केही अधिकृतलाई नसिहतसम्म नदिने हो भने भोलीका दिनमा हरेक अपराधजन्य घटनामा पीडितले भिँडको सहारा लिनु पर्ने खराव संस्कारले निरन्तरता नपाउला भन्न सकिन्न ।

आफ्नो दाजुुको न्यायका लागि बिदेशमा बसेकी सदिक्षा बाँस्तोलाको साहस, धैर्यता र अठोटलाई आज समाजका हरेक नागरिकलाई सलाम गरेका छन् भने जनप्रतिनिधिको नाममा चुनाव जितेका छोटे राजाहरुको स्वभाव र कृयाकलापबाट आम नागरिक आक्रोसित भएका छन् ।

प्रहरीको कमजोरीलाई ढाकछोप गर्न होइन, सच्याउन लाग्नु पर्छ भन्दै विगत एक सातादेखि सामाजिक सञ्जालमा सदिक्षा बास्तोलाको मिहनेत र संघर्षलाई धेरैले सलाम भनेका छन् ।

नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले समेत दाजुको मृत्युमा शोक मनाउने एक नारीले आमलाई सम्झाउने र बुवालाई फकाउने कर्तब्यका साथै न्यायको संघर्षमा युट्युवको सहारा लिएकोमा सलाम भनेका छन् । गजुरेलको यो फेसवुक स्टाटसले नेपालमा हुने अपराध अनुसन्धान, कानूनी लडाइँ र खराव प्रबृत्ति अनि संस्काराई पनि उजागर गरेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ फाल्गुन १३, १७: ५९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ फाल्गुन १३, १७: ५९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ फाल्गुन १३, १७: ५९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...