
नयाँ विकल्प
काठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।
संसदीय दलमा भएको परिमार्जनबारे संसद सचिवालयलाई जानकारी दिन प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ सिंहदरबार पुगेका थिए ।नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार विहानका लागि संसदीय दलको बैठक आह्वान गरेको नेतृ छ । सिंहदरबारमा बस्ने उक्त बैठकबाट औपचारिक रुपमा केही निर्णय गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
पत्र बुझाएपछि पत्रकारसंग कुरा गर्दै नेता गुरुङले संसदीय दलको विषयमा पार्टीले गरेको निर्णय संसद सचिवालयलाई जानकारी गराइएको बताए । केपी ओलीलाई पार्टीले संसदीय दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेको भन्दै गुरुङले भने, ‘यो अवस्थामा मल्टी पार्टी डेमोक्रेसीमा पार्टीकै नीति अनुसार संसदीय दल चल्ने विधि विधान भएकोले त्यही अनुसार संसदीय दलको बारेमा पार्टीले गरेको निर्णयको सन्दर्भमा संसदको ध्यानाकर्षण होस्’ नेता गुरुङले भने ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् । ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ ।
उनले पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् । पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’ उनले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार विहानका लागि संसदीय दलको बैठक आह्वान गरेको नेतृ छ । सिंहदरबारमा बस्ने उक्त बैठकबाट औपचारिक रुपमा केही निर्णय गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...