आयल निगमको थानकोट डिपो रि– इन्जिनियरिङ परियोजनाको उद्घाटन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

आयल निगमको थानकोट डिपो रि– इन्जिनियरिङ परियोजनाको उद्घाटन


नयाँ बिकल्प,

काठमाडौं –२०५८ सालदेखि सञ्चालनमा आएको चन्द्रागिरी नगरपालिका वडा नं ३ थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयमा रिईन्जिनियरिङ्ग परियोजनाको प्रथम चरण अन्तरर्गत भएका भौतिक संरचना निर्माणको उद्घाटन भएको छ ।

निगमका अनुसार कार्यालय स्तरोन्नति, आधुनिक टिएलएफ सेड निर्माण, दुई सय वटा ट्याङ्कर ट्रक पार्किङ गर्न सकिने पार्किङ यार्ड, फायर फाईटिङ सिस्टम, फ्लो मिटर तथा सिभिल वक्र्स अन्तरगत पहुँचमार्ग र बाउड्रि वालको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शनिबार उद्घाटन गरेका हुन् ।

२०२७ मा विभिन्न पेट्रोलियम पदार्थहर्रुको आयात, भण्डारण तथा बिक्रि वितरणको कार्य गर्ने उदेश्यका साथ सरकारी कम्पनीको रुपमा स्थापना भएको निगमले २०५८ मा इन्धन डिपो थानकोटको स्थापना गरी पेट्रोलियम पदार्थहरुको बिक्रिबितरण शुरु गरेको थियो ।

करिब १०६ रोपनी क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल आठ हजार ४ सय किलो लिटर, पेट्रोल ६हजार ७० किलो लिटर, मट्टितेल, सात सय ६० किलो लिटर, भण्डारण क्षमताकक स्टोरेज ट्यांकहहरु रहेका छन् ।

थानकोट डिपोबाट हाल बागमती प्रदेशका १० वटा जिल्लामा रहेका १८० पेट्रोल पम्पहरुबाट पेट्रोलियम पदार्थको बिक्री बितरण गर्दै आईरहेको छ । हाल भारतको बरौनी र नेपालको अमलेखगंज डिपोबाट डिजेल, पेट्रोल र मट्टीतेल आयात एवंंं प्राप्ति गरि बिक्रिबितरणको व्यवस्था मिलाईएको निगमले जनाएको छ ।

बढ्दो जनसंख्या, उपभोक्ताको जीवनस्तरमा आएको सुधार, सडकमार्गको विस्तार, सवारी साधनको संख्यामा भएको बृद्धि तथा यस क्षेत्रमा निरन्तर बृद्धि हुदै गईरहेको आर्थिक क्रियाकलापको कारणले गर्दा पेट्रोलियम पदार्थको मागमा बार्षिक करिब १० प्रतिशतका दरले बृद्धि हुदै गईरहेको निगमले जनाएको छ ।

हाल औषत रुपमा दिनको करिब ७०० किलो लिटर पेट्रोल र ९०० किलो लिटर डिजल र सरदर औषत ८ किलो लिटर मट्टीतेल बिक्री वितरण हुने गरेको छ ।

निगमको वार्षिक नीति तथा कार्यक्रम अन्तरर्गत यस डिपोलाई आधुनिकिकरण गरि डिपोलाई स्तरोन्नति गर्ने उद्धेश्यले अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाय एंव प्रविधिहरु अपनाई रि–ईन्जिनियरिङ्ग परियोजनाको प्रथम चरणको काम सम्पन्न भएको बताइएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति सचिव तथा निगम संचालक समितिका अध्यक्ष दिनेश भट्टराई ,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, निगम संचालक समितिका पदाधिकारी, निगमका कार्यकारी निर्देशक, तथा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका अध्यक्ष,नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्षको उपस्थिति रहेको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ फाल्गुन २३, १४: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ फाल्गुन २३, १४: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ फाल्गुन २३, १४: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...