
नयाँ बिकल्प,
काठमाडौं – सर्वोच्च अदालतको गत फागुन ११ गतेको आदेशपछि पुनस्र्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक सत्तारुढ दलका सांसदको बिहस्कार र प्रमुख प्रतिपक्षी दलको अबरोधले गर्दा तीन दिनको लागि स्थगित भएको छ ।
पूर्वनिधारित समयभन्दा एक घण्टा ढिलो गरी शुरु भएको प्रतिनिधिसभाको र्बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले संसद अधिवेशन आव्हान सम्वन्धी राष्ट्रपति कार्यलयको पत्रको व्यहोरा पढेर सुनाईसकेपछि सत्तारुढ दल नेकपाकै प्रचण्ड माधव समूहका सांसदले शुरुमा उठेर बिरोध जनाएका थिए ।
उनीहरुले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्वन्धी पत्रहरुको व्यहोरा सभामुख सापकोटाले पढ्न लाग्दा सो बुँदा कार्यसूचिबाट हटाउन माग गरेका थिए ।
प्रचण्ड माधव समूहका सांसद भिम रावलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्यलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेकाले त्यसपछि मन्त्रीपरिषद् पुनर्गठन गर्ने कार्य सबै असंवैधनिक भएको जिकिर गरेका थिए ।
रावलले भने ‘सर्वोच्च अदालतको आइतबार नेकपा दल सम्वन्धी विवादमा दिएको फैसलापछि प्रधानमन्त्री कुन पार्टीबाट प्रतिनिधित्व गर्नुहुँछ ?’ उनले बैधानिकता नपाएको प्रधानमन्त्रीको यस्तो प्रस्ताव सदनमा पेश नगर्न सभामुखलाई आग्रह गरे ।
रावलले ‘आफैले प्रतिनिधिसभाको हत्या गर्ने प्रधानमन्त्रीले यस्तो प्रस्ताव प्रतिनिधिसभामा कसरी पेश गर्न सकेको ?’ भनी प्रश्न गरे । सभामुख सापकोटाले रावलको आग्रहपछि आफ्नो ध्यानाकर्षण भए पनि कार्यसूची अघि बढ्ने भनेपछि नेकपाको प्रचण्ड माधव समूहका सबै सांसदले सदनको बैठक बहिस्कार गरेका थिए ।
सत्तारुढ नेकपाका सांसदहरुले सदन बहिस्कार गरेपछि सभामुख सापकोटाले सरकारले संसद बैठक नचलेको बेला जारी गरेको संवैधानिक परिषद् सम्वन्धी अध्यादेश पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई अनुमति दिएका थिए ।
तर, कांग्रेस सांसदहरुले असंवैधानिक तवरले सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धी अध्यादेश पेश गर्न नदिन आग्रह गरे । तर, सभामुख सापकोटाले मन्त्री श्रेष्ठलाई अध्यादेश सदनसमक्ष पेश गर्न अनुमति दिएपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।
कांग्रेस सांसदले रोष्टम घेराउ गरेपछि सभामुख सापकोटाले १० मिनेटको लागि स्थगित गरेको गरेको सदनको बैठक साँझ ६ बजे सूचना टाँसेर फागुन २६गते बुधबारसम्मको लागि स्थगित गरेका थिए ।
सदनको बैठक शुरु हुने समय तोकिएको ४ बजे नै संसद छिरेका प्रधानमन्त्री केपी शर्मा ओली करिव पौने एक घण्टा बसेर बाहिरिएका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...