सेयर बजारमा आकर्षक बढोत्तरी, एचआईडीसीएलमा झुम्मिए लगानीकर्ता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सेयर बजारमा आकर्षक बढोत्तरी, एचआईडीसीएलमा झुम्मिए लगानीकर्ता


नयाँ विकल्प,

काठमाडौं : सेयर बजारमा उत्साह देखिएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि नयाँ उमंग थपिएको हो । केही समयको करेक्सन र साइडवेजपछि बजारले फेरि उचाईको सुरुवात गरेको हो ।

अब विस्तारै नयाँ रफ्तारमा अघि बढ्ने अपेक्षा गरिएको छ । आगामी दिनहरु पुँजी बजारका लागि थप सुखद् हुने अनुमान गरिएको छ । किन भने यो बुल रन हो । यो चक्रमा बजारको अग्रगामी रफ्तार नै अधिक हुने गर्छ ।

बैंकिङ, निर्जीवन तथा जीवन बिमा समूहमा राम्रो तेजी देखिएको छ । यसबाहेक अरु समूहरुमा पनि वृद्धि हुने क्रममै रहेको छ । वैशाख लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थाल्नेछ । औसतमा कम्पनीहरुले राम्रै नाफा कमाएको प्रक्षेपणहरु भइरहेका छन् । सेयर बजार सधैं एउटै बाटोमा हिँड्दैन । तलमाथि तथा कुनै बेला साइवेजको अवस्था पनि यसले भोग्ने गर्छ ।

तर बुलिस ट्रेन्ड कायमै रहेकाले केही समयपछि बजार अग्रगामी गतिमा लाग्ने विश्लेषणहरु भइरहेका छन् । यसर्थ, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर सकेसम्म लामो अवधि होल्ड गर्ने हिसाबले लगानी गर्न सक्दा बढी लाभ लिन सकिने अनुभवीहरुको भनाई रहने गरेको छ ।

यसअघि तरलता अभाव र बैंक ब्याजदर वृद्धिको हल्ला चलाइएको थियो । तर वास्तवमा यी दुवै पक्ष अहिले पनि ठीकठाक अवस्थामा नै रहेका छन् ।

अहिले पनि बजारमा अधिक तरलताको अवस्था छ । ब्याजदर पनि सस्तो छ । सोही कारण आम लगानीकर्ता सेयर बजारमै आकर्षित हुन थालेका हुन् । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले निकै ठूलो भूमिका खेल्छ । अहिले फेरि लगानीकर्ताको आत्मबल सकरात्मक हुन थालेको छ । जसले बजारलाई फेरि माथि लैजान सहयोग पुर्याउने अनुमान गरिएको छ ।

बजारमा सेयरको भाउ सस्तो भइरहेको छ । यस्तो बेला सबल वित्तीय सूचक भएका कम्पनीहरुको भाउ सस्तो मूल्यमा किन्न पाउने भएपछि आम लगानीकर्ता उत्साहित बनिरहेको देखिन्छ । अब विस्तारै वित्तीय प्रणालीमा तरलता थप मजबुत हुँदै जानेछ । नयाँ बजेटको निर्माण तयारी सुरु भइसकेको छ ।

अब चालु वर्षको विकास निर्माणले तीब्रता पाउनेछ । सरकारी खातामा रहेको पैसा बैंक तथा वित्तीय संस्थामा आउनेछ । यसले पनि तरलता थप सहज बनाउन सहयोग पुग्नेछ ।

सिजनका हिसाबले पनि अब सेयर बजारका लागि उपयुक्त समय आउँदैछ । चैतपछि विगत वर्षहरुमा पनि वित्तीय प्रणालीमा तरलता प्रचुर हुने गरेको थियो । यी सबै सकारात्मक परिदृश्यहरुका कारण सेयर बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

लगानीकर्ताले योजनाबद्ध र रणनीतिक हिसाबले अघि बढ्न आवश्यक हुन्छ । वित्तीय व्यवस्थापन र सबल कम्पनीहरुतर्फ लगानी केन्द्रित गर्न सक्नुपर्छ । सेयर बजार सूचक बुधबार ४३.३६ अंकले बढेर २६१९.०३ विन्दुमा बन्द भएको छ । ६ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २०९ वटा कम्पनीहरुको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर खरिदबिक्री भएको छ । ट्रेडिङ बाहेक बाँकी सबै समूह वृद्धि भएका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३४९.६८ अंकले वृद्धि भएको छ । यस्तै, बैंकिङ समूहमा पनि ४०.८६ अंकको वृद्धि देखिएको छ ।

कारोबार रकमका आधारमा एचआइडीसीएल सबैभन्दा अघि आएको छ । यसको ३६ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकमका आधारमा अपर तामाकोशी दोस्रो र निफ्रा तेस्रो स्थानमा छन् । नेपालीपैसाबाट

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ चैत्र १८, १७: १४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ चैत्र १८, १७: १४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ चैत्र १८, १७: १४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...