
नयाँ विकल्प,
काठमाडाैं- चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा-६ शिवचोकबाट २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, गोकर्णेश्वर नगरपालिका-३ गोकर्णबाट २८ को बुद्ध तामाङ र २८ वर्षीय रोशन लामा छन्।
काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित चिनियाँ नागरिक युन जाओमेनको डेरामा गत सोमबार लुटपाट भएको थियो। लुटपाटमा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले शुक्रबार र शनिबार चार जनालाई पक्राउ गरेको हाे । फूलकाजी, अमिर र बुद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो भने रोशनलाई शनिबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार उनीहरूले चिनियाँ नागरिक जाओमेनको डेरामा सोमबार राति सवा नौ बजे लुटपाट गरेका थिए।
प्रहरीका अनुसार उनीहरूले २० लाख नगद, २८ हजार ६ सय ८० रुपैयाँ बराबरको एउटा सुनको तिलहरी, दुइटा सुनको औंठी, दुइटा सुनको सानो बाला र एउटा ठूलो बाला लुटेका थिए।
प्रहरीले पक्राउ परेकाबाट ७ लाख ९२ हजार ५ सय रुपैयाँ, ६ हजार १ सय ७० युआन, एउटा तिलहरी, दुइटा सुनको बाला, कानमा लगाउने रिङ, सुनको औंठी र ठूलो सुनको बाला बरामद गरेको छ। प्रहरीले यसबारे विस्तृत अनुसन्धान भैइरहेकाे जनाएकाे छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...