मध्यावधि चुनावमा जाँदा पार्टी अधिवेशन भाँडिने पौडेलको चिन्ता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मध्यावधि चुनावमा जाँदा पार्टी अधिवेशन भाँडिने पौडेलको चिन्ता


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मध्यावधि निर्वाचनमा गएमा पार्टीको महाअधिवेशन हुन नसक्ने तर्क गरेका छन् । उनले चुनाव भएमा कांग्रेसको महाधिवेशन नहुने र पार्टी नै नरहने स्थिति आउन सक्ने आशंका व्यक्त गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा नेता पौडेलले वर्तमान सरकार निरंकुससता तिर बढिरहेकोले विकल्प खोज्नुपर्ने भन्दै लोकतन्त्र बचाउन कांग्रेसले तत्काल चुनावमा जानको लागि जोडबल गर्न नहुने बताए ।

‘पार्टी महाअधिवेशन भएको छैन । यस्तो अवस्थामा चुनाव चुनाव भनेर हामफाल्ने कुराले हामीलाई कहाँ र्पुयाउँछ ?’ पौडेलले भने, ‘लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’ प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले उदार बनेर वा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको दाबी गर्दैसरकार नबदल्ने हो भने भविश्यमा टाउको समातेर रुनुको विकल्प नहुने चेतावनी दिए ।

एमाले र माओवादी केन्द्र नबनेको बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको दाबी गर्दै पौडेलले भने ‘जोखाना फेरीपनि हेरेर यो चान्स मिस गर्ने अनी पछि टाउको समातेर रुने यो कुरा हुँदैन । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथिहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ चैत्र २७, १७: ५६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ चैत्र २७, १७: ५६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ चैत्र २७, १७: ५६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...