पत्रकार दाहालमाथि प्रहरीद्वारा भएको कुटपिटको सर्वत्र निन्दा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पत्रकार दाहालमाथि प्रहरीद्वारा भएको कुटपिटको सर्वत्र निन्दा


नयाँ बिकल्प,
काठमाडौं –नयाँ पत्रिका दैनिकका संवाददाता तथा पत्रकार केदार दाहालमाथि प्रहरीले मंगलबार दिउँसो लैनचौरस्थित भारतीय दूतावासअघि कुटपिट गरेको छ ।

भारतबाट साउदी अरवमा हुने नियमित उडान रोकिएपछि भारतीयहरु नेपालको बाटो हुँदै साउदी अरव जान थालेका छन् । त्यसका लागि भारतीय नागरिकले दुतावास मार्फत नो अव्जेक्सन लेटर लिनु पर्ने व्यवस्था काठमाडौं विमानस्थलले गरेसिछ दुतावासमा सेवाग्राहीको भिँड बढेको थियो ।

‘नो अब्जेक्सन लेटर’ लिन भारतीय दूतावास अगाडि सयौ भारतीयको भिँड भएपछि प्रहरीले उनीहरुमाथि ठेलमठेल गरेको थियो । सोही समाचार संकलन गर्न गएका पत्रकार दाहाललाई डिएसपी दिपक खड्काको कमान्डमा रहेको प्रहरीहरुले भिडियो र फोटो खिचेको भन्दै कुटपिट गरेका हुन् ।

काठमाडौंस्थित संयुक्त राज्य अमेरिका, चीन, इजरायल र भारतीय दूताबासमा सुरक्षाको लागि पहरा दिने नेपाल प्रहरीका अधिकृतले पत्रकार र सर्वसाधरणलाई उभिन, बिस्तारै हिँड्न वा तस्वीर लिन समेत नदिई कुटपिट गरेका घटना बारम्बार आइरहन्छन् ।

ति दुतावासबाट सुरक्षा दिएबापत पाउने सुविधाकै आडमा हौसिने सुरक्षाकर्मीहरु पत्रकारलाई दुव्यवहार र कुटपिट गर्न समेत पछि पर्दैनन । मंगलबार पनि प्रहरीहरुले पत्रकार दाहालले आफु पत्रकार भएको भन्दै कार्ड देखाउदा समेत नक्कली पत्रकार भन्दै पाखुर र घाटीमा समाएर लछारपछार पारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै नेपाल प्रेस युनियन केन्द्रीय र काठमाडौं समितिले दोषी प्रहरीमाथि तत्काल छानविन गरी कडा कारवाहीको माग गरेको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र युनियनका काठमाडौं अध्यक्ष जगन्नाथ दुलाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नभए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै कडा अन्दोलनमा ओर्लिन बाध्य हुने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ चैत्र ३१, १६: ४१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ चैत्र ३१, १६: ४१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ चैत्र ३१, १६: ४१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...