प्युठानमा जिप दुर्घटना २ काे मृत्यु १२ घाइते – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्युठानमा जिप दुर्घटना २ काे मृत्यु १२ घाइते

फाेटाेः बुद्दिबहादुर जिसिकाे फेशवुकबाट

नयाँ विकल्प

काठमाडाैं-प्युठानकाे स्वर्गद्वारी नजिकै जिप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ । १० जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

नयाँ बर्षकाे अवसरमा गुल्मीकाे तमघासबाट स्वर्गद्वारी भ्रमणकाे लागि गएकाे साे जिप स्वर्गद्वारी मन्दिर नजिकै दुर्घटनामा परेकाे थियाे , मृतक र घाइतेकाे परिचय खुलेकाे छैन ।

जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख खिमराज भुषालले दिएकाे दिएकाे जानकारी अनुसार दुर्घटनामा परि २ जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ ।

दुर्घटनामा परेका घाइते मध्ये ४ जनाकाे अवस्था चिन्ताजन रहेकाले थप उपचारकालागि हेलिकाेप्टर मार्फत काठमाडाैं ल्याइदै छ । अन्यकाे जिल्ला अस्पताल प्यु ठानमा उपचार भैरहेकाे छ ।

नयाँ बर्ष पारेर स्वर्गद्वारी मन्दिर दर्शनमा हिटेकाे कर्मचारी र उनीहरूकाे परिवार सवार जिप दुर्घटनामा परेकाे जनाइएकाे छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख १, १३: २८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख १, १३: २८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख १, १३: २८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...