ओली सरकारबाट लोकतन्त्र र संविधान नै धरापमा पर्याे : नेता सिंह – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ओली सरकारबाट लोकतन्त्र र संविधान नै धरापमा पर्याे : नेता सिंह


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन् ।


नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले बुधबार चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको आरोप लगाए ।

समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सीमित रहेको दाबी गर्दै उनले भने, ‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ, यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

ओलीले नैतिक रुपले प्रधानमन्त्री हुने वैधानिकता गुमाएको भन्दै उनले तत्काल पद त्याग्न सुझाए । संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसर भएको उनले बताए । यस्तो परिस्थितिमा कांग्रेस आन्तरिक रुपमा मजबुत हुनुपर्नेमा उनले जोड दिए ।

नयाँ वर्षमा मजबुत र विधिसम्मत चल्ने जनताको प्रिय पार्टी बनाउन सद्बुद्धि आओस् भनेर उनले कामना पनि गरे ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख १, १३: ३९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख १, १३: ३९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख १, १३: ३९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...