
नयाँ विकल्प,
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसिसीमा संसदले निर्णय नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसिसी सम्झौता सदनमा पेस हुन नसकेको बताए। उनले ती दुबै पार्टी सरकारमा हुँदा एमसिसी सम्झौता अघि बढाउने निर्णय भए पनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेस नै नगरिएको बताए।
उनले यस्तो गरिनु संविधानविपरीत भएको पनि बताए। ‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन तर अहिले हामीले संविधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौं,’ उनले भने।
ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।
आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने उनले बताए। ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरू गरिएको थियो। अहिले दिनको एक सयमा पुगेको छ। आगामी दिनमा बढ्छ। आउँदो बजेटमा अझै वृद्धि गरिनेछ।’
उनले जनतालाई आशा र भविष्यप्रति विश्वास जगाउने काम सरकारले गरेको बताए। सरकारले केही गरेन भनेर केहीले भड्काउन खोजे पनि त्यो सफल नभएको उनले बताए। दिनमा साढे ५ किमीका दरले बाटो बनेको उनले बताए। दिनमा १२ वटा आवास बनेको उनको भनाइ छ।
सुर्खेत : कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल सुर्खेतमा हुने निश्चित भएको छ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको...