नेपाली कांग्रेसकाे समर्थनले जोगियो कर्णाली सरकार – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेपाली कांग्रेसकाे समर्थनले जोगियो कर्णाली सरकार


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसकाे समर्थनले कर्णाली प्रदेश ढल्नबाट जाेगिएकाे छ । नेपाली कांग्रेस प्रदेश सभासदकाे समर्थनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका छन् ।

शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका छन् ।

शाहीलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। आज भएको मतदानमा ३७ जना सांसद उपस्थित थिए। यसअघि नेकपा एमालेका सांसद यामलाल कँडेलले पार्टीका सांसद एक भएर जानुपर्ने बताएका थिए।

तर नेपाल पक्षधर सांसदले शाहीका पक्षमा मतदान गरेपछि कर्णालीको मुख्यमन्त्री हुने कँडेलको सपना तुहिएको हो। प्रदेश सभामा सभामुखसहित एमालेका २० जना सांसद छन्।

तीमध्ये चार जनाले आज ‘फ्लोर क्रस’ गरेको देखिन्छ। यहाँ माओवादीका १२ सांसद छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख ३, १८: ३८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख ३, १८: ३८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख ३, १८: ३८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...