
नयाँ विकल्प,
काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्।
सरकार आफैंले अवरोध र बहिष्कार गर्दै सुरु भएको प्रदेश १ संसद्को हिउँदे अधिवेशन एउटा पनि विधेयकमा छलफलै नगरी आजबाट अन्त्य भएको हो। अधिवेशनका आठ वटा बैठकमध्ये आजको अन्तिम बैठकमा सहभागी हुन आएका मुख्यमन्त्रीले विपक्षी अवरोधमै संसद् अन्त्य गरेका हुन्।
अधिवेशनको प्रारम्भबाटै प्रदेशसभा बैठक छल्न हरसम्भव प्रयास गरेका मुख्यमन्त्री शेरधन राई यसपटक प्रदेशसभाको अन्तिम बैठकमा मात्रै सहभागी भए। संसद् छलेर बसेका उनले अन्ततः अधिवेशन अन्त्य गर्ने निर्णय लिएका हुन्।
उनको निर्णयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरेको पत्र संसद्मा पठाएर औपचारिकता पूरा गरेका छन्। विपक्षी दल नेपाली काँग्रेसले कुनै पनि लोकतान्त्रिक व्यवस्थामा यस्तो कल्पनासम्म नगरिने प्रतिक्रिया दिएका छन् ।
संसदीय परम्परामा हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन मानिन्छ। पुस १२ मा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने बुझेपछि मुख्यमन्त्रीले माघ ७ का लागि संसद् अधिवेशन डाकेका थिए।
अधिवेशन सुरु हुने दिन नै उनी अनुपस्थित रहे। आफूविरुद्धको अविश्वास प्रस्ताव संसद्मा टेबल हुन थालेकाे सुइकाे पाएपछि राइले मध्यरातमा अधिवेशन अन्त्य गराएका हुन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...