
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेका विपक्षी दलहरुको योजनालाई असफल बनाउन मधेश आन्दोलनका क्रममा विभिन्न फौजदारी मुद्धा लागेका एक सय ११ जनाको मुद्धा फिर्ता लिएको छ ।
मन्त्रीपरिषद्का निर्णय बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले १२० जनाबिरुद्ध लागेको १५ वटा सरबारबादी भएको मुद्धा फिर्ता लिएको जानकारी दिए ।
सरकारले सार्वजनिक गरेको नामावलीमा महोत्तरी जिल्लाको गौसालाका ६ जना र कपिलबस्तुको बिठूवाका १ जनाको नाम दाहोरो उल्लेख गरिएको छ । मुद्धा फिर्ता लिएकाहरुमा दुई जनाको भने मृत्यु भएको छ ।
कपिलबस्तुको बिठुवा गाविसका राजबाबु भन्ने दिपेन्द्रकुमार चौधरी र सोही गाविसकी रेखा यादव को मृत्यु भए पनि उनीहरुबिरुद्ध लगाइएको सरकारबादी मुद्धा पनि फिर्ता गरिएको छ ।
सत्ताको आसन डगमगाउन थालेपछि सत्तारुढ नेकपा एमालेका मुख्यमन्त्रीहरुले नेतृत्व गरेको प्रदेश सरकार जोगाउन जस्तासुकै अराजनीतिक तिकडम गरिरहेको बेला संघीय सरकार जोगाउन प्रधानमन्त्री ओलीले यस्तो कदम चालेको अनुमान गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जनता समाजबादीकै डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले सरकारबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहँदा सरकारले यस्तो निर्णय गरेको हो ।
विपक्षी जनता समाजबादी पार्टीले सांसद रेशम चौधरीको रिहासहित टिकापुर काण्डका अभियुक्तलाई समेत रिहा गर्न माग गर्दै आएको छ । प्रधानमन्त्री ओलीले जसपाको माग बिस्तारै पुरा गर्दै जाने आश्वासन बाँडीरहेका छन् ।
उनले आफूसँग निकट मानिएका जसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारीको राजनीति गर्ने जिल्ला महोत्तरीका बढी छन् । महोत्तरी जिल्लाका आफ्ना झण्डै ५० कार्यकर्तामाथि लागेको सरकारबादी मुद्धा सरकारबाट फिर्ता गराउन ठाकुरले प्रधानमन्त्री ओलीसमक्ष विशेष आग्रह गर्दै आएका थिए ।
२०७२ सालको नेपालको संविधान जारी गर्नुअघि मधेशकेन्द्रीत दलहरुले आव्हान गरेको आन्दोलनको क्रममा झण्डै एक सय बढी आन्दोलनकारीको मृत्यु भएको थियो । सरकारले कैलाली, सप्तरी, सिरहा र धनुषा जिल्लाका जसपा कार्यकर्ताबिरुद्ध लागेका मुद्धा भने फिर्ता लिएको छैन् ।
मुद्धा फिर्ता भएकाहरु यस्ता छन् – हेर्नु सूची –
महोत्तरी जिल्लाको भमरापुरका मनिर राईन, गणेश ठाकुर राजिव ठाकुर, नसिव राईन, सुनिल शर्मा र दुखी मण्डल, रघुनाथपुरका भरत यादव, फूलबाबु यादव, जितेन्द्र यादव, दयाराम पटेल, देवेन्द्रकुमार यादव, राजकुमार यादव र मनोजकुमार यादव सहित १३ जना ।
महोत्तरीकै गौसालाका रिझन यादव, हरिनारायण साह, हरिनारायण महतो र गुदर महतो, महोत्तरी फुलकाहाका विजय साह, सोनामाइका बिरेन्द्र ठाकुर गरी ६ जनाको नाम क्रमसंख्या १४ देखि २५ सम्म दोहोर्याएर राखिएको छ ।
यस्तै, महोत्तरीकै पिपराका सन्तोष मिश्र, श्रवण मण्डल, लक्ष्मण महासेठ, रविन्द्र ठाकुर, शेखर मिश्र, महेन्द्र पासवान, रामनाथ पासवान र सञ्जय मिश्र गरी आठ, इट्टहर्वाकटीका कृष्णदेव शर्मा, जितेन्द्र चौधरी, राजिव ठाकुर, विमलेश चौधरी, चन्दे पासवान, लालबाबु ठाकुर, लवदेव ओझा, पंकज ओझा, विनयकुमार पाण्डे, जयराम तिवारी, सुरेश पाण्डे र सुरेश पाण्डित गरी १२ जना छन् ।
यस्तै, महोत्तरीकै धिरापुरका रामप्रवेश मण्डल, विपिन झा, मंकेश्वर ठाकुर र सञ्जय राय, पर्सा पतैली गाविसका गुलाव राय, सुशिल राउत, एकवाल कापर, राजाराम ठाकुर, सुकेश्वर राउत, राजेश मण्डल, नागेन्द्र राउत र जिवछ राउत कुर्मी गरी ८ जना रहेका छन् ।
यता कपिलबस्तु जिल्लाको साविकको विठुवाका संघीय समाजवादी फोरमका तत्कालिन क्षेत्रिय सदस्य रामनयन यादव, बब्लु यादव, प्रेमचन्द्र यादव रामप्रताप यादव, राजेन्द्र कुर्मी, चन्द्रभान यादव, कमरुद्धिन मुसलमान, राम भवन चमार, र कृष्णनारायण तिवारीसहित ९ जना छन् । नेता भनिएका रामनयन यादवको नाम क्रमसंख्या ५० र ६७ मा दोहोर्याएर राखिएको छ ।
कपिलबस्तुकै साविकको बिठुवा गाविस बस्ने जुम्मन मुसलमान, ओमप्रकाश चौधरी, ईस्तखार मुसलमान र शंकर पाण्डे गरी ४ जनाको मुद्धा फिर्ता गरिएको छ ।
नवलपरासी जिल्लाको साविक सनई गाविसका इन्द्रकमल चौधरी, अनुप पाण्डे, दिनेश चौधरी, व्यासमुनी चौधरी, कमलेश माली, राघवेन्द्र दुवे, मुन्ना यादव, शिवकुमार पटनवार, सञ्जय यादव, पिण्टु सैथवार, दिलिप मल्लाह र रमेश सहनी गरी १२ जनालाई रिहा गरिएको छ ।
यस्तै महोत्तरीकै मनराकट्टीका राजनकुमार सिंह, शनिकुमार सिंह, सोनुकुमार सिंह, नुनुकुमार सिंह, गोपाल सिंह, अभिषेककुमार सिंह र दिपुकुमार सिंह भूमिहार, लोहारपट्टीका अब्दुल रहिम, उपेन्द्र मण्डल, उषमान शेष, विजय ठाकुर, ओपी मण्डल, लालबाबु साह, अरुण मण्डल र धमौराका भरत ठाकुर गरी १५ जनामाथिको मुद्धा पनि फिर्ता गरिएको छ ।
यस्तै रौतहट जिल्लाको तत्कालिन लक्ष्मिपुर बेलबिछवा गाविसका बबनकुमार सिंहमाथिको मुद्धा पनि फिर्ता लिइएको छ ।
त्यस्तै, महोत्तरी जिल्लाको साविकको बलवा गाविसका अजय यादव, रमेश यादव, जयकुमार राउत, बिकरु झा, विजयकुमार महतो र मनोजकुमार यादव, सरपल्लो गाविसका सरोज सिंह, सुनिल महतो, बिनोद गामी, राजदेव चौधरी र विवेक साह तथा बलवाकै नादाफ मियाँ, जीवछ साह र सुमित झाको मुद्धा पनि फिर्ता हुने भएको छ । यस्तै, महोत्तरीको तत्कालिन बनौटाका बलिराम यादव, सरपल्लोका विनोद साह, सञ्जय यादव, पढौलका रामशरण यादव र सुनिल दास छन् ।



काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...