गत वर्ष सुविधा नपाएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत सुविधाको आश्वासन, शैया लुकाउनेलाई कारबाही हुने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
प्रधानमन्त्री ओलीको कोरोना महामारीको सन्दर्भमा देशवासीको नाममा संवोधनः

गत वर्ष सुविधा नपाएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत सुविधाको आश्वासन, शैया लुकाउनेलाई कारबाही हुने

?????????????????


नयाँ बिकल्प,

काठमाडौंः प्रधनमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारीको समयमा बिरामीको उपचारमा संलग्न, चिकित्सक, नर्स, चालक, सहचालक र सरसफाईमा संलग्न सबै स्वाथ्यकर्मीलाई ५० प्रतिशत सुविधा थप गर्ने घोषणा गरेका छन् ।

गत बर्षको कोरोना महामारी र संकटको बेला भत्ता र सुविधा दिने भनी सरकारले गरेको घोषणा कार्यान्वयन नहुँदा सबैजसो अस्पतालमा स्वाथ्यकर्मीले आन्दोलन गरेका थिए । तर प्रधानमन्त्री ओलीले गतवर्ष पूर्ण रुपमा कार्यान्वयन नभएको घोषणा यो वर्षको कोरोना महामारीको समयमा पनि गरेका छन् ।

कोरोना संक्रमणको दोश्रो लहरले देशव्यापी संकट निम्त्याएपछि देशवासीको नाममा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना बिमाका साथै परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था गरिने समेत घोषणा गरेका छन् ।

उनले सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र प्रयोग भएका शैयाको दैनिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपने र कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुने चेतावनी पनि दिएका छन् ।

संवोधनमा नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल र बीर अस्पतालको नयाँ भवनलाई तथा अन्य निजी अस्पतालाई कोभिड अस्पतालको रुपमा बिकास गरिने, सुविधासम्पन्न होल्डिंग सेन्टर, आइसोलेसन बनाउने समेत बताए ।

उनले संचालनमा नआएका अक्सिजनलाई संचालन गरिने, लिक्विड अक्सिजनको अबैध निर्यात गर्ने र औषधी लुकाएउने व्यवसायीलाई कडा कारबाही हुने, देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको घोषणा गरे ।

कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने र यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिने ओलीले बताए ।

कोरोना संक्रमितले अस्पतालका बेडहरु भरिएका र अक्सिजन अभावले विरामीहरु छटपटिन थालेपछि प्रधानमन्त्री ओलीले अक्सिजन प्लान्ट पुन संचालनमा ल्याउने घोषणा गरेका छन् भने सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिने घोषणा गरे ।

प्रत्येक स्थानीय तहले संक्रमितको रेकर्ड राख्नु पर्ने, होल्डिंग सेन्टर, आइसोलेसन कक्ष र उपचारको व्यवस्था गरिने भन्दै ओलीले सरकारी र निजी अस्पताल गरी ८७ स्थानमा कोभिडको परिक्षणको व्यवस्था गरेकालले अफवाहका पछि नलाग्न आव्हान गरेका छन् ।

बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै भएको तथ्य प्रस्तुत गर्दै ओलीले नागरिकको जीवन रक्षा गर्न सरकारले २१ लख नागरिकलाई पहिलो डोज दिइसकिएको र तीन लाख ७० हजारले दोश्रो डोज लगाइसकेको जनाए ।

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै उनले प्रत्येक प्रदेशमा एक, एक जना मन्त्रीलाई फोकल पर्सन तोकिएको र अबको निषेधाज्ञा थप कडाई र प्रभावकारी ढंगले कार्यान्वयन गराइने बताए ।

बैशाख २० गतेदेखि बैशाखमसान्तसम्म आन्तरिक उडान र २३ गते राति १२ बजेदेखि अन्तराष्ट्रिय हवाई उडान पनि बन्द गरिएको, भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतसँगका १३ नाका मात्र खुला गरिएको उनले बताए ।

प्रधानमन्त्रीले सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टर बनाइने बताए ।

जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिने, मापदण्ड उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिने घोषणा गर्दै प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सञ्चार मन्त्रालयले गर्ने बताए ।

प्रधानमन्त्री ओलीले अवकासप्राप्त र नयाँ भर्ना गरिएका स्वास्थ्यकर्मी तथा चिकित्सलाई एक वर्षसम्म करारमा नियुक्ति दिने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २०, १७: ४७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २०, १७: ४७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २०, १७: ४७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...