
नयाँ विकल्प,
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २७ गते संघीय संसदबाट विश्वासकाे मत लिने बताई रहँदा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर संघीय संसद र प्रदेश सभाका सांसदहरु राजिनामा दिने तयारीमा लागेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एक भएर बनेकाे नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) काे तर्फबाट केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए ।
नेकपाकाे औंपचारिक विभाजन पछि पूर्ववत अबस्थामा फर्किएकाे नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट पुनः विश्वासकाे मत लिन लागेका हुन् ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले हठातमा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा एमालेकाे माधव-झलनाथ पक्ष ओली चिडिएकाे छ । एक पक्षले अर्काे पक्षलाई राजनीतिक रूपमा कमजाेर बनाउँन कारवाहीकाे श्रृङखला नै चलाएकाे छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदम सर्वाेच्च अदालतले उल्टाइदिएपछि नैतिकताकाे आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने माग राखेकाे नेपाल पक्षले ओलीले सत्ता लम्ब्याउन पुनः विश्वासकाे मत लिन लागेपछि सामुहिक राजीनामा दिएर ओलीलाई सत्ताच्यूत गर्ने रणनीति बनाएकाे हाे ।
१२१ जना सदस्य रहेको नेकपा एमालेमा नेपाल पक्षका झण्डै ३० जना सांसदले सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।
माधव कुमार नेपाल निकट एक नेताका अनुसार केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत विरूद्धमा नेपाल पक्षले फ्लाेर क्रस नगर्ने बरू सामुहिक राजीनामा दिने बताए ।
उनका अनुसार केन्द्र लगायत कर्णाली र प्रदेश २ बाहेक ५ वटै प्रदेशका नेपाल-झलनाथ पक्षाका प्रदेश सांसदले सामुहिक राजीनामा दिने तयारी भैरहेकाे छ ।
माघव- झलनाथ पक्षकाे सामुहिक राजीनामा आयाे भने केन्द्रमा प्रधानमन्त्री केपी ओली संगै प्रदेश नम्बर १, बागमती प्रदेश , गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश सरकार स्वतहः अल्पमतमा पर्ने देखिन्छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...