
नयाँ विकल्प
काठमाडाैं- नेकपा एमाले स्थायी कमिटी बैठक सकिने बित्तिकै ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।
अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ। स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्। त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए।
तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ। प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन्।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...