प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, दल विभाजन सम्बन्धी अध्यादेश पुनः जारी हुनसक्ने ! – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
जनता समाजवादी पार्टी फुटाउने ओलीकाे दाेस्राे प्रयास !

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, दल विभाजन सम्बन्धी अध्यादेश पुनः जारी हुनसक्ने !

नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए । मन्त्रीपरिषद् बैठकबाट दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने र आजै राष्ट्रपतिबाट अनुमाेदन समेत हुनसक्ने संभावना रहेकाे छ ।

सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याए आन्तरिक विवादमा फसेका सत्तारूढ नेकपा एमाले र जनाता समावादी दल तत्कालै फुटनसक्ने संभावना छ ।

मन्त्रिपरिषदको बैठकले संसदीय दल वा केन्द्रीय समिति (महाधिवेशनबाट निर्वाचित वा दल गठन गर्दा) को ४० प्रतिशत सदस्य भए दल विभाजन गर्नसक्ने गरी अध्यादेश ल्याउने सक्ने संभावना रहेकाे स्राेतकाे दावी छ ।

विद्यमान राजनीतिक दलसम्बन्धी कानुनअनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ ।

तर यसलाई संशोधन गर्ने गरी अध्यादेश आउन सक्ने बताइएकाे छ । साे अध्यादेश आएमा सत्तारूढ नेकपा एमाले र जनता समाजवादी पार्टी फुटनसक्ने संभावना प्रवल छ ।

गत बर्ष बैशाख ८ गते बसेकाे मन्त्रिपरिषद् बैठकबाट ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेका थिए । राष्ट्रपतिबाट अनुमाेदन समेत भएकाे उक्त अध्यादेश जारी गरेपनि चाैतर्फी विवाद भएपछि पुनः फिर्ता लिन बाध्य भएका थिए

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ बैशाख २३, १५: ०१

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ बैशाख २३, १५: ०१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ बैशाख २३, १५: ०१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...