
नयाँ विकल्प,
काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।
काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन भएको हाे । सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा प्रधान उपचाररत थिए ।
८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका हुन् । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।
गोरेटो त्यो गाउँको’, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँजस्ता लोकप्रिय गीतमा स्वर दिएका सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिन्छन्।
उनले नेपाली माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत सिनेमामा समेत गीत गाएका छन्।
काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै...
काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...
काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...