गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने


नयाँ विकल्प,


काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ।

प्रदेश सभा संचालनका विषयमा छलफल गर्न बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो। ‘संसद बैठक कहिले बोलाउने भन्ने विषयमा दलहरुबीच विवाद थियो । २७ गते बैठक बोलाउने सर्वसम्मत निर्णय भएकाे छ ।


उनकाअनुसार त्यही दिन अविश्वास प्रस्ताव मतदानमा लैजाने समेत निर्णय भएको छ। यसअघि बेशाख १५ गते अविश्वास प्रस्ताव मतदानमा लैजाने कार्यसूची थियो।

संसद अधिवेसनमा जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उक्त दलका सचेतक पियारी थापाले आफ्ना सांसद हराएको भन्दै सदन स्थगन गरेर जीवन रक्षाको माग राखेकी थिइन्।

सोही मागका आधारमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्ताव मतदानमा नलगी सदन अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए। कार्यसूचीमा प्रकाशन भइसकेको प्रक्रिया अघि नबढाइ सदन स्थगन गरेको भन्दै सत्तारुढ नेकपा एमालेका सांसद सभामुखप्रति असन्तुष्ट बनेका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि बढाएर पेश भएको अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन्।

सोही प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाका ३ जना सांसदमध्ये शाही सम्पर्कविहिन सदन स्थगित भएको थियो। सांसद हराएकै कारण उक्त दिन अविश्वास प्रस्ताव मतदानमा लगेको भए प्रस्ताव फेल हुने सम्भावना थियो।

गण्डकी प्रदेश सभामा सत्तारुढ एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रका १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ जना गरी ६० जना सांसद छन्।

विपक्षी दलहरुको गठबन्धनलाई जनमोर्चाले साथ दिँदा उनीहरुलाई आवश्यक बहुमत ३१ पुगेको छ। वैशाख २७ गते अविश्वास प्रस्तावमा हुने मतदान सबै सांसद उपस्थित भएर दलीय ह्विप पालना गरे कांग्रेस नेता नेपाली गण्डकीको दोस्रो मुख्यमन्त्रीका रुपमा निर्वाचित हुनेछन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ बैशाख २३, १७: ४०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ बैशाख २३, १७: ४०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ बैशाख २३, १७: ४०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...