
नयाँ विकल्प
काठमाडाैं-राष्ट्रिय सभाका लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार बन्ने भएका छन्।
उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा पुगेका छन् ।
वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ ।
नेकपा एमाले माधव झलनाथ पक्षले खिमलाल देेवकाेटालाइ राष्ट्रिय सभाकालागि उम्मेद्वार बनाउने निर्णय गरि सकेकाे छन् ।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।
खिमलाल देवकाेटालाइ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र लगायत साना दलले समेत समर्थन गर्ने बताएका छन् । याे संगै बादलकाे उमेद्वारी परेपनि उनी राष्ट्रिय सभा सदस्यमा पुन नियुक्ति हुने सम्भावना निकै कम छ ।
उमेदवारी दिनका लागि बादल मकवानपुर हिँडिसकेको छन् । २०७४ मा तत्कालीन माओवादी केन्द्रबाट थापा उम्मेद्वार बनेका थिए।
नेकपाको एकता भंग भएसँगै बादल एमालेतर्फ लागेपछि माओवादी केन्द्रले बादललाई कारबाही गरेको छ। राष्ट्रिय सभा सदस्य नबनेमा बादल अबकाे पाँच महिना पछि गृहमन्त्रीपदबाट राजिनामा दिनेपर्ने बाध्यता हुनेछ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...