देउवाले भने – सरकारले औषधिमा गरेको भ्रष्टाचार जनता बिरुद्धको अक्षम्य अपराध – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

देउवाले भने – सरकारले औषधिमा गरेको भ्रष्टाचार जनता बिरुद्धको अक्षम्य अपराध

नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको जीवन रक्ष ागर्ने औषधिमा समेत भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताबिरुद्धको अक्षम्य अपराध भएको बताएका छन् ।

भारतबाट नेपाल सरकारले कोभिड १९ बिरुद्धको खोप कोभिड शिल्ड खरिद गर्न अग्रिम भुक्तानी दिए पनि बिचौलिया केही व्यापारीले कमिसन नपाएको भन्दै आयात रोके पनि सरकारले कारबाहीको कुनै पहल नगरेपछि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भईसकेको भन्दै सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे ।

‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु’ देउवाले विज्ञप्तिमा भनेका छन् ।

समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकार असफल हुँदा नै अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएकोमा दुख व्यक्त गर्दै देउवाले यस्तो अवस्था सृजना हुनमा वर्तमान सरकार पूर्ण रुपमा जिम्मेवार रहेको दाबी गरे ।

देउवाले भने ‘सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव छ ।’

अक्सीजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेको भन्दै देउवाले लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद नियन्त्रण र रोकथाममा सरकारले कुनै तयारी नगरेको आरोप लगाए ।

विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले नसुनेको दाबी गर्दै उनले भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न र देशभर आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न सरकारसँग देउवाले माग गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ बैशाख २४, २१: ५३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ बैशाख २४, २१: ५३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ बैशाख २४, २१: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...