
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढङ्गले संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारी गरेको ठहर गरेको नेपाली कांग्रेसले परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले उपस्थित नहुने जनाएको छ ।
काग्रेसका सभापति तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित भएकाले त्यस्तो परिषद् बैठकमा नजाने बताएका हुन् ।
‘कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ’, देउवाले जारी गरेको बक्तव्यमा भनिएको छ ।
संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएकाले सो बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत देउवाले आव्हान गरेका छन् ।
वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको कांग्रेसले ठहर गरेको देउवाले स्मरण गराएका छन् ।
अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको, यसले संविधानको आधारलाई नै भत्काउने, कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवम् अविछिन्न अधिकारलाई कुण्ठित गरी पटक–पटक जारी गर्ने काम भएको देउवाले जनाएका छन् ।
परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । परिषद्मा प्रधानमन्त्रीवाहेक राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुन्छन् ।
उपसभामुख पद रिक्त छ भने सभामुख अग्नप्रसाद सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको अध्यादेशमार्फत परिषद् सम्वन्धी अध्यादेश जारी गर्ने कार्यको विरुद्धमा छन् ।
अध्यादेशमार्फत परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधि संशोधन गर्दै ओलीले कायम रहेको परिषद् सदस्य संख्याको बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न मिल्ने प्रावधान राखेका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...