प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने र खोपमा भ्रष्टाचार अक्षम्य अपराध भएको कांग्रेसको ठहर – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
नेपाली कांग्रेस संसदीय दलको तीन बुँदे निर्णय

प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने र खोपमा भ्रष्टाचार अक्षम्य अपराध भएको कांग्रेसको ठहर


नयाँ बिकल्प,
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको सोमबारको हुने विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका सभापति तथा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार साँझ संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले ओलीको विपक्षमा मत हाल्दै देउवाकै नेतृत्वमा सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको हो ।

बैठकले अन्य राजनीतिक दलहरुलाई पनि विपक्षमा मतदान गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने पार्टी पदाधिकारीको निर्णयलाई अनुमोदन गरेको छ ।

बैठकले संविधानको मर्म र भावना विपरित सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐनलाई आफू अनुकुल संशोधन गरी अध्यादेश जारी गरेकोमा घोर विरोध गरेको छ ।

कांग्रेसले पटक–पटक संघीय संसदलाई छलेर जारी भएको अध्यादेशबाट गरिने निर्णय मान्य नहुने भन्दै संवैधानिक परिषदको कार्य क्षेत्रलाई संकूचित गर्ने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेताको सहभागी नहुने निर्णय गरेको छ ।

बैठकले संवैधानिक परिषदका अन्य सदस्यहरुलाई बैठकमा सहभागी नहुन आग्रह गरेको छ ।

कोभिड–१९ को महामारीले हामी सबैको जनजीवनलाई अस्तव्यस्त बनाएको भन्दै कांग्रेस संसदीय दलले कैयन संक्रमितहरु एम्बुलेन्सको अभावमा उपचारका लागि अस्पताल पुग्न नपाएको, अस्पताल पुगेर पनि बेड नपाएको, बेड पाएर पनि अक्सिजन नपाएको उपचार पाएकाले खर्च जुटाउन नसकेर प्रताडित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले कोरोना संक्रमणको यस्तो कहाली लाग्दो अवस्था भईसक्दा पनि प्रधामन्त्री लगायत सरकारका जिम्मेवार अधिकारीले जनतालाई परेको दुःखकष्ट र शोक प्रतिको वेवस्ता गर्दै सरकारले अकर्मण्यता, अयोग्यता र अनुदार कार्यले अपुरणीय क्षति भएको ठहर गरेको छ ।

सबै नागरिकलाई खोप लगाउने सरकारको प्राथमिकता हुनुपर्नेमा कमिशनका कारण नेपालीहरुले खोप पाउनुबाट बञ्चित हुनु दुःखद पक्ष भएको ठहर गर्दै कांग्रेस संसदीय दलको सो बैठकले जनताको जीवन रक्षा गर्ने खोपमा समेत भ्रष्टाचार गर्ने नियतका कारण ठूलो मानवीय क्षति व्यहोर्ने अवस्था आएको ठहर गरेको छ ।

सरकारको यो अमानवीय र गैरजिम्मेवार काम अक्षम्य अपराध हो भन्दै संसदीय दलले यो कार्यमा संलग्न जो सुकै भए पनि कडा भन्दा कडा कानूनी कारवाही गर्न जोडदार माग गरेको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २५, २२: ५७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २५, २२: ५७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २५, २२: ५७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...