
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाले दिएको मन्तव्यः
के देश संचालनको जिम्मेवारी लिएकाहरुबाट लोकतन्त्र र संविधान सुरक्षित होला ? संविधान निर्माण भएपछिको पहिलो निर्वाचनबाट एमाले र माओबादीको गठबन्धनबाट झण्डै दुई तिहाई बहुमत दिएको थियो । तर, तीन वर्ष नपुग्दै किन विश्वासको मत लिनु पर्यो ?
देश र जनताको पक्षमा काम गर्न सरकारलाई प्रमुख प्रतिपक्षले कहाँ कहिले अबरोध गर्यो ? अरुलाई दोष थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न पाउनु हुन्छ? केपी शर्मा ओलीको सरकार तीन वर्षको अवधिमा पूर्ण असफल छ । एक पटक छातिमा हात राखेर सोच्नुस यो अवस्थामा आउनु तपाईको दम्भ, भ्रष्टाचारको परिणाम होइन ?
आज नेपाली जनता बाटोमा एम्वुलेन्स नपाएर ज्यान गुमाउनु परेको छ । एक बर्षसम्म कोभिड नियन्त्रणको लागि सरकारले कुनै काम गरेन । हामीले सरकारलाई कोभिड नियन्त्रणको लागि पटक पटक सुझाव दिँदा सुनिएन । विशेषज्ञको कुरा सुनेन ।
फलस्वरुप नेपाल कोभिडको उच्च जोखिम भएको मुलुकमा गणना भएको छ ।
सरकारले समयमै सावधानी नअपनाउँदा यो स्थिति आएको हो । महामारीको मुखमा कमिसनका कारण खोप आएको छैन । जनताको जीवन रक्षा गर्ने जीवनदायी औषधि खोपको कमिसन र भ्रष्टाचारमा लाग्नुु गम्भिर अपराध भयो । गतवर्ष पनि सुरक्षा सामग्री खरिदमा भ्रष्टाचार भयो ।
अहिले व्यापरिक घरनालाई पोष्नको लागि खरिद गरिएको भनिएको खोप नल्याएर नेपाली जनताको ज्यान धरापमा पार्न पाइन्छ ? उपचार नपाएर कुनै नेपालीले ज्यान गुमाउनुा पर्ने छैन भन्नु हुन्थ्यो । आज मरेका नेपाली के जनता होइनन ? जनता मरिरहँदा टुलु टुलु हेरेर बस्ने प्रधानमन्त्रीलाई असफल नभनेर के भन्ने ?
सांसदको सपथ नलिई संविधान विपरित ओली प्रधानमन्त्री हुनु भएको हो । संविधान बमोजिम सभामुख र उपसभामुख फरक फरक दलको हुनृु पर्ने व्यवस्थालाई लत्याउनु भयो । हाल पनि उपसभामुखको निर्वाचन भएको छैन । संवैधानिक व्यवस्थालाई ठाडै उल्लंघन गर्नु भयो ।
संविधान विपरित प्रतिनिधिसभभा विघटन गर्नु भयो । सर्वोच्चले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको फैसला गर्यो । तर, आफ्नो कदम असंवैधानिक भएको ठहर हुँदा पनि पदबाट राजिनामा दिनु भएन । अधिकारको बिकेन्द्रीकरण संघीयताको स्वरुप हो । तर प्रधानमन्त्रीले धेरै संस्थालाई आफू मातहत ल्याउनु भयो ।
संबैधानिक परिषद्को कानूनलाई अध्यादेश मार्फत संशोधन गर्दै संवैधानिक परिषद्लाई आफू अनुकूल चलाउन खोज्नु भयो । सांसद अपहरण गर्ने काम भयो । दल विघटन गर्न अध्यादेश ल्याइयो । सरकारबाट सभामुखलाई जानकारी नै नदिई संसद अधिवेशनलाई अन्त्य गर्ने काम भयो ।
यो सरकार संविधान र संसदप्रति उत्तरदायी नभएको प्रष्ट हुन्छ । यी घटनाहरुमा म संविधानभन्दा माथि हुँ भन्ने प्रमाण देखाएको छ । वितेका तीन वर्षमा व्यापारिक घरनालाई सरकारी जग्गा कमिसनको आधारमा वितरण गर्ने काम भयो ।
औषधि खरिदमा कारबाही नभएको र राष्ट्यि गौरवका आयोजना संचालन गरेको पाईएन । बरु प्रधानमन्त्रीले अनियमितताको ढाकछोप र बचाउ गर्ने काम भयो ।
प्रदेश सरकार र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनन् । मौलिक हकको सही कार्यान्वयनको लागि कानून बनाउन विधेयक ल्याईएन । नागरिकको सांस्कृति अधिकार, प्रेस स्वतन्त्रताविरोधी विधेयक ल्याइयो । सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र भयो ।
चुनावमा गरेको भाषण पानीजहाजको कथा, रेल, घर घरमा ग्यास, भोकै कोही बस्नु पर्दैन । कसैले रोजगारीको लागि बिदेश जानु पर्दैन भन्ने कुरा कहाँ गयो ? हत्या अपराध र बलात्कारीका दोषी अझै पक्राउ परेका छैनन् । देशमा दण्डहिनताको व्यप्त छ । सर्बसत्ताबाद र दबाबमा प्रशासन चलेको छ ।
खाद्य बस्तुको अभाव, कालोबजारी बढेको छ । जनता विपत्तिमा पर्दा सरकार अभिभावक बन्न सकेको छैनन् ।
मित्र राष्ट्सँग सन्तुलित सम्वन्ध राख्न सकेको छैनन् । मित्र राष्ट्बाट आउने सहयोग पनि सरकारले ल्याएको छैन् । नेपालबाट कोरोना हटिसकेको भनेर संचारमाध्यमलाई बताएर कमजोरी ढाकछोप गरिरहनु भएको छ ।
जनताले विगत निर्वाचनमा स्पस्ट बहुमत दिएको हो तर अधिनायकबादी सर्वसत्ताबादी चरित्र देखाएको, कोभिड १९ को नियन्त्रण र रोकथाममा काम गर्न नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पारेको हुनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन ।
कांग्रेस त्यो प्रस्तावको विपक्षमा मत हाल्ने र अन्य दललाई पनि विपक्षमा मत दिन आव्हान गर्छु । प्रधानमन्त्रीले विश्सको मत पाउनु हुन्न भन्ने स्पस्ट छ । त्यसैले संविधानको धारा ७६ को २ बमोजिम अर्को सरकार बनाउन पहल गरिने छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...