संसदलाई बाइपास गरेर अध्यादेशमार्फत शासन चलाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको विषयमा मन्तव्य राख्दै यादव

संसदलाई बाइपास गरेर अध्यादेशमार्फत शासन चलाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन



नयाँ बिकल्प,
काठमाडौं । विपक्षी दल जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभालाई छल्दै अध्यादेशबाट शासन चलाउने प्रधानमन्त्री केपी शर्मा ओलकिो शैली निरंकुस र सर्बसत्ताबादी भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत छ भनी प्रतिनिधिसभामा पेश भएको प्रस्तावको बिषयमा पार्टीको तर्फबाट धारणा राख्दै यादवले पार्टीले यस्तो स्वेच्छारी प्रधानमन्त्रीको बिरुद्ध मत हाल्ने धारणा राखेका हुन् ।

नेता यादवले कोरोना नियन्त्रणको नाममा केही कदम चाल्नु होला भनेको त प्रधानमन्त्रीले रथ यात्रा गर्दै अयोध्यामा मूर्ती ठड्याउँदै गएको, धार्मिक कार्य गरेर कोरोना नियन्त्रण हुने थिएन भन्ने नबुझेको धारणा राखे ।

उनले भने ‘यो सदनको कामै छैन भनेर सदनलाई विघटन गर्ने प्रधानमन्त्रीलाई हामीले कसरी मत दिने ? संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भनेर क्याविनेटबाट निर्णय गर्नु भयो । संघीयता भनेको केन्द्रीय इकाइ मात्र हो भन्नु भयो ।’

उनले भूमि र ऐन सम्वन्धि प्रदेशका अधिकार खोस्ने, समाबेसितालाई चुनौति दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको बिरोधमा क्रियाकलाप गर्ने प्रधानमन्त्री ओलीले अहिले मधेशीहरुलाई फकाउन खोजेको आरोप लगाए ।

यादले प्रश्न गरे ‘मधेश आन्दोलनको बेला सबैभन्दा धेरै मुद्धा तपाईँ प्रधानमन्त्री भएको बेला होइन? मधेशमा मधेशीहरु राज्यद्धारा मारिँदा २—४ वटा आँप झरे भन्ने ओलीजी अहिले ति आँपहरुलाई फकाइरहनु भएको हो ? कमिसन नमिल्दा आज भ्याक्सिन आएको छैन । जनतालाई बचाउने भ्याक्सिन खोई ? पहिलो भ्याक्सिन दिइयो, अर्को भ्याक्सिन खोई ? जनताको जीवनमाथि यति धेरै खेलवाड गर्ने?’

ससदलाई छलेर अध्यादेश ल्याउने काम स्वेच्छाचारिकता र निरंकुसताको पराकाष्टा हो भन्दै यादवले बजेट बिनाको शिलान्यास र कार्य पूर्ण नभई उद्घाटन गर्नुलाई विकास भनिदैन भन्ने धारणा राखे ।

‘नागरिकता विधेयक किन सदनमा पेश गरिएन । संसदीय समितिबाट पारित भइसकिएको छ । यसअघि केही सांसदलाई पूर्वप्रशासक र केही सांसद लगाएर अपहरण गरियो । सांसद आफै अपहरणमा परें भनेर निवेदन दिँदा लिइएन’ उनले भने, ‘जहाँ पनि सेटिङ प्रक्रियाबाट चल्ने शासन पद्धतिलाई लोकतन्त्र भनिँदैन ।’

आज पनि संसद त चल्यो तर आगामी दिनमा सदन चल्न सक्छ कि सक्दैन ? नीति तथा कार्यक्रम र बजेट पनि अध्यादेशबाट चल्ने होला ? यदि संसदले आफ्नो अधिकार प्रयोग गर्न नपाउने र सरकारले अध्यादेशबाट चलाउने हो भने मुलुकलाई लोकतान्त्रिक होइन, निरंकुसतातिर नै डोर्याउने उनले बताए ।

यादबले भने ‘प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा यतिवेला पुरा भएको छैन् । उनको यो नारा दरिद्र नेपाल दुखी नेपालीमा परिणत भएको छ । संविधान संशोधनको प्रस्ताव यो सदनमा २ पटकसम्म पेश भएको हो तर तपाईँहरुकै कारण पारित हुन सकेन । तपाइँहरुले नै बिरोध गरेको होइन्? संविधान संशोधनको प्रस्ताव क्याविनेटमा पेश गर्दा यो नल्याउँ, फेरि मादल बजाउन थाल्छन भन्नु भयो । अहिले आफै मादल बजाउन थाल्नु भएको छ ।’

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २७, १६: २६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २७, १६: २६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २७, १६: २६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...