प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान प्रक्रिया सुरू – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान प्रक्रिया सुरू


नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्। यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए।

उनले आफ्नो सरकारले राष्ट्रियतादेखि विकास निर्माणका काममा धेरै राम्रा गरेकाले सरकारलाई विश्वासको मत नदिनु पर्ने कुनै कारण नभएको बताए। उनले सबै सांसदहरूलाई आफूलाई मत दिन आग्रह गरे।

संसदमा बोल्दै अरू दलका नेताहरूले भने ओली सरकारको तीव्र आलोचना गर्दै उनलाई विश्वासको मत नदिने बताए। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफू प्रस्तावमा तटस्थ बस्ने बताएका छन्।

नेकपा एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने आजको बैठकमा अनुपस्थित छन्। यसरी हेर्दा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउने सम्भावना निकै कम छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २७, १७: ०९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २७, १७: ०९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २७, १७: ०९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...