
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनको लागि सदनमा पेश गरेको प्रस्ताव निर्णयार्थ सोमबार पेश हुँदा सत्तारुढ नेकपा एमालेका दुई दर्जन बढी सांसदहरु अनुपस्थित भएका छन् ।
तत्कालिन नेकपालाई सर्वोच्च अदालतले पूर्ववत नेकपा माओबादी र नेकपा एमालेमा फकाएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग सल्लाह र छलफल नै नगरी पार्टी संगठनका संरचनाहरु र नेतृत्व फेरबदले गरेको भन्दै असन्तुष्ट बनेका एमाले सांसदहरु सोमबार सदनमा अनुपस्थित भएका हुन् ।
बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले आफ्नो समूहका तीस बढी नेतामाथि स्पष्टिकरण सोधेको, एमाले माओबादीसँग एकीकरण हुनुपूर्वको अवस्थामा संगठनलाई लैजान पार्टी अध्यक्ष ओली तयार नभए सांसद पदबाट राजिनामा दिनेसम्मको चेतावनी दिएका थिए ।
नेपाल खनाल पक्षका सांसदहरुले आइतबार साँझ सांसद पदबाट राजिनामा दिने पूर्ववत योजना परित्याग गर्दै जसपा नेपालले ओलीको पक्षमा मतदान नगर्ने निर्णयसँगै ओली सरकार अल्पमतमा पर्ने अवस्था आएको भन्दै पदबाट राजिनाना नदिई सदनको कारबाही बहिस्कार गर्ने निर्णय गरेका थिए ।
प्रतिनिधि सभामा एमालेका एक सय २१ जना सांसद छन् । तिमध्ये सोमबार ओलीले सदनमा पेश गरेको सरकारले विश्वासको मत लिने प्रस्ताको पक्ष वा विपक्षमा कतै भोट नहाली एमालेबाट प्रत्यक्ष निर्वाचित २० र समानुपातिक ८ गरी २८ सांसद अनुपस्थित भए । बहिस्कार गर्न सदनमै अनुपस्थित भएका हुन् ।
अनुपस्थित सांसदहरु –प्रत्यक्षबाट निर्वाचित
झलनाथ खनाल, इलाम १
माधवकुमार नेपाल, काठमाडौं २
योगेश भट्टराई, ताप्लेजुङ
जयकुमार राई,सुनसरी १
भवानी खापुङ,तेह्रथुम
यज्ञराज सुनुवार, ओखलढुंगा
गणेश पहाडी, सिन्धुली १
पवित्रा निरौला खरेल, झापा २
जीवनराम श्रेष्ठ, काठमाडौं ८
नारायण खतिवडा, नुवाकोट १
विरोध खतिवडा,मकवानपुर २
सुरेन्द्र पाण्डे,चितवन १
घनश्याम भुसाल,रुपन्देही ३
मेटमणी चौधरी,दाङ १
हिराचन्द्र केसी, दाङ ३
दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
झपट रावल, कैलाली २
भीम रावल, अछाम १
कृष्णलाल महर्जन, ललितपुर २
सोमप्रसाद पाण्डे, पाल्पा २
समानुपातिक सांसदहरु
रामकुमारी झाँक्री, गुल्मी
मुकुन्द न्यौपाने, काठमाडौं
कल्याणीकुमारी खड्का, रौतहट
लक्ष्मीकुमारी चौधरी, कैलाली
निरादेवी जैरु, डडेलधुरा
पुष्पाकुमारी कर्ण यादव, पर्सा
सरलाकुमारी यादव, रौतहट
कलिला खान, तनहुँ
नेपाल खनालको पक्षमा लागेर सांसद पदबाट राजिनामा दिने पत्रमा समेत हस्ताक्षर गरेका प्रतिनिधिसभाका एमालेका तीन समानुपातिक सांसदहरु रौतहटकी समिना हुसेन, दाङकी गंगा चौधरी सत्गौवा, र कञ्चनपुरकी बिनादेवी बुढाथोकी मगरले भने ओलीको पक्षमा नै मतदान गरे ।
प्रतिनिधिसभामा एक सय ७४ जना सांसद सदस्य संख्या छ । जसपाका दुई र नेपाली कांग्रेसका दुई सांसद निलम्बनमा छन् । कांग्रेस, माओबादी र जसपाका १७ र राप्रपाका १ सांसद भने सोमबारको बैठकमा उपस्थित भएनन् ।
राप्रपाका सांसद राजेन्द्र लिङ्देन कोभिडबाट ग्रस्त छन् । सभामुख अग्नीप्रसाद सापकोटाले कतै पनि भोट हालेनन् । जसपाका १५ सांसदले मात्र ओलीको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । जसपा अध्यक्ष डा. बाबुराम भट्टराई पनि कोभिडका कारण अनुपस्थित भएका थिए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...