ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु गर्न कांग्रेस, माओबादी र जसपाको माग – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु गर्न कांग्रेस, माओबादी र जसपाको माग

नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभामा राखेको प्रस्ताव अल्पमतमा परेकोले उनलाई पदमुक्त गर्न प्रतिनिसभाका तीन ठूला दलका अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादवले सोमबार अपरान्ह संयुक्त विज्ञप्ति जारी गर्दै आलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया थालनीको लागि आव्हान गर्न माग गरेका छन्।

उनीहरुले संविधानको धारा १०० को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव पारित हुन नसकेकोले नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट ओली मुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष आव्हान गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा २ मा ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रतले प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने बाध्यककारी संवैधानिक प्रावधान रहेको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २७, १९: ५८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २७, १९: ५८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २७, १९: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...