राष्ट्रपतिद्वारा प्रधानमन्त्री पद दाबी गर्न संसदका दललाई बिहीबारसम्मको समय निर्धारण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
संविधानको धारा ७६ (२) अनुसार ओली नियुक्त, पुनः सोही धारा बमोजिम प्रधानमन्त्री दाबी गर्न आव्हान

राष्ट्रपतिद्वारा प्रधानमन्त्री पद दाबी गर्न संसदका दललाई बिहीबारसम्मको समय निर्धारण


नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त सदस्यलाई प्रधानमन्त्री दाबी गर्न आगामी बैशाख ३० गते भित्र दाबी पेश गर्न आव्हान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम बिस्वासको मतको लागि प्रतिनिधि सभामा सोमबार राखेको प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो आव्हान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे सोमबार साँझ जारी गरेको बिज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव पारित हुन नसकेको व्यहोरा संघीय संसदबाट प्राप्त भएको जनाइएको छ ।

विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई यही बैशाख ३० गते विहीबारका दिन साँझ ९ बजे भित्र प्रधानमन्त्रीमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष दाबी पेश गर्न आव्हान गर्नु भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले गत बैशाख १९ गते मन्त्रिपरिषदको निर्णय गरी बैशाख २७ गते विश्वासको मत लिनको लागि प्रतिनिधिसभा आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । तर आज सदनमा सो प्रस्तावमाथि भएको मतदानमा ओली अल्पमतमा परेका थिए ।

राष्ट्रपति भण्डारी समक्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी माओबादी र जसपाका अध्यक्षहरुले आजै अपरान्ह विज्ञप्तिमार्फत अल्पमतमा परेका ओलीलाई पदमुक्त गरी संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आव्हान गर्न माग गरेका थिए ।

सत्तारुढ नेकपा एमालेका २८ सांसद अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत मात्र परेको थियो । ओलीले विस्वासको मत नपाए पनि प्रतिनिधिसभामा ओली नेतृत्वको एमाले सबैभन्दा ठूलो दल छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन वर्षअघि ओली नियुक्त भएका थिए । अहिले पनि राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको लागि सोही धारा ७६ को उपधारा २ बमोजिम पुनः दाबी पेश गर्न आव्हान गरेको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २७, २२: ३१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २७, २२: ३१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २७, २२: ३१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...