
नयाँ विकल्प,
काठमाडाैं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटवार्ता भएकाे छ ।
देउवालाइ भेटन उकाे निवास बुढानिलकण्ठ पुगेका प्रचण्ड भेटेर भर्खरै फर्केका छन्। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गरेपछि प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्।
उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको थियो। देउवाले आजै पार्टी पदाधिकारी बैठक पनि राखेका छन्। अपरान्ह ३ बजे देउवाले पदाधिकारी बैठक राखेका हुन्।
पदाधिकारी बैठक गरेर पार्टीमा छलफल गरेपछि नयाँ सरकार गठन गर्नेबारे अन्य दलका नेतासँग छलफल गर्ने देउवाको तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएकासंगै नयाँ सरकार गठनकालागि प्रचण्ड दाैडधुपमा छन् ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...