गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त


नयाँ बिकल्प,
पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख पौडेलले पद तथा गोपनियताको सपथ गराएकी छन् ।

वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न दलहरुलाई समय दिनुभएको थियो । ३ दिनको समय आज सकिएको थियो ।

नेपालको संविधानको १६८ को ९२० अनुसार ३ दिनभित्र बहुमत दाबी गर्न पौडेलले दिनुभएको समयमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफूसँग बहुमत रहेको भन्दै दाबी प्रस्तुत गरेका थिए ।

तर प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको पक्षमा मत नदिने बताएपछि नेपालीले अन्य दल र सांसदको हस्ताक्षर नगरी दाबी पेश गरेका थिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ बैशाख २९, १९: ०२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ बैशाख २९, १९: ०२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ बैशाख २९, १९: ०२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...