
नयाँ विकल्प
काठमाडाैं- नेपाली कांगेसका महामन्त्री डा. शशांक कोेइरालालाइ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने गरि गृहकार्य अघि बढेकाे छ ।
केपी शर्मा ओली अल्पमतमा परेसंगै नयाँ सरकार गठनकालागि राष्ट्रपति विद्यादेवि भण्डारीले बहुमतका सरकार गठनकालागि आज साँझ ९ बजे सम्मकालाग समय सिमा ताेकेकि छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्री बन्ने राजनीतिक चर्चा चलिरहेका बेला महामन्त्री डा. शशांक काेइरालाकाे नाम अगाडि आएकाे हाे ।
उच्च स्राेतका अनुसार कांग्रे महामन्त्री डा. शशांक काेइरालाई प्रधानमन्त्री बन्ने अबस्था आएमा जनता समाजवादी पार्टी ( जसपा ) काे राजेन्द्र महन्थ ठाकुर पक्षले समेत समर्थन गर्ने संभावना बढेकाे छ ।
जसपा नेता राजेन्द्र महताेले सभापति देउवाकाे विकल्पमा डा. शशांक काेइरालाकाे नाम प्रधानमन्त्रीमा प्रस्ताव गरिए आफुहरू ओलीकाे विकल्प खाेज्न तयार रहेकाे संकेत गरेपछि काेइरालाकाे नाम प्रधानमन्त्रीकाे रूपमा अगाडि आएकाे हाे ।
सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउने बिषयमा महन्थ ठाकुर, राजेन्द्र महताे लगायतले असहयाेग गर्ने र यसकाे प्रत्यक्ष फाइदा प्रधानमन्त्री ओलीलाई हुने अवस्था आएपछि ओलीकाे बहिर्गमनका लागि विचकाे बाटाे राेज्ने विषयमा गृहकार्य भैरहेकाे स्राेतले दावी गरेकाे छ ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सहमतिकालागि पूर्व प्रधानमन्त्री बाहेक अरूकाे विकल्प राेजेर ओलीलाइ बहिर्गमन गराउनु पर्ने प्रस्ताव अघि सारेका थिए ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...