दाङमा कारभित्र बालकहरू मृत फेला परेकाे घटनाः १३ दिन पछि अभिभावकले शव बुझे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

दाङमा कारभित्र बालकहरू मृत फेला परेकाे घटनाः १३ दिन पछि अभिभावकले शव बुझे


नयाँ विकल्प,


तुलसीपुर- दाङ जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र वैशाख १८ गते बेलुका तीन बालक मृत अवस्थामा फेला परेकाे घटनामा १३ दिन पछि अभिभावकले बालकहरूको शव बुझेका छन् ।

तुलसीपुर ६ बरूवाका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियारकाे शव पार्किङ गरेकाे कारभित्र फेला परेकाे थियाे ।

तुलसीपुर उपमहानगरपालिकामा पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगाएतका बीचमा भएको वार्तापछि पीडित पक्षले शुक्रबार बेलुका तीन बालकको शव बुझेका हुन्। मृतक तीन बालकका अभिभावकलाई तत्काल किरिया खर्चवापत जनही २५ हजारका दरले उपलब्ध गराउने, कार्यपालिकाबाट पास गरि थप एक लाख उपलब्ध गराउने सहमति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

त्यस्तै राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालयसमक्ष प्रत्येक बालकलाई जनही ५ लाख क्षतिपूर्ति माग गर्ने, प्रत्येक पीडित परिवारका एक जना सदस्यलाई स्थानीय पालिकाले क्रमश रोजगारीको ब्यवस्था गर्ने, पीडित परिवारका अन्य बालबालिका मध्य एक/एक जनालाई प्लस टुसम्म पढाउने जिम्मा स्थानीय सरकारले लिने सहमति पनि भएको छ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मालगायतको सहभागितामा पीडित पक्षसँग भएको छलफलमा उक्त सहमति भएको हो।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ १, १०: ३५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ १, १०: ३५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ १, १०: ३५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...