
नयाँ बिकल्प,
काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस एण्ड मार्केटिङ व्यवसायबाट विद्यावारिधिका उपाधि हासिल प्रदान गरेको छ ।
झापाको भद्रपुर निवासी ३१ वर्षे शर्मालाई गत अप्रिल २४ मा माल्दिभ्समा भएको एक समारोहबीच फाईभ स्टार रेटिङको युरोपियन विश्वविद्यालयले सो उपाधि प्रदान गरेको हो ।
युरोपको विश्वविद्यालयबाट यो उपाधि कम उमेरमै हासिले गर्ने शर्मा पहिलो नेपाली हुन् । यसअघि नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र बृहत ग्रुपका अध्यक्ष ओमबहादु भण्डारीले यो उपाधि हासिल गरेका थिए ।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष सतिस मोरले पनि यो सम्मान पाएका छन् । शर्मालाई टाइम्स इन्टरनेसनल एक्सिलेन्स अवार्ड फर इन्टरनेसनल कर्पोरेट एण्ड बिजनेस एक्सिलेन्स २०२१ बाट पनि सम्मानित गरियो ।
भद्रपुरमा जन्मिएका शर्मा भद्रपुरस्थित सिद्धार्थ शिशु सदन र विर्तामोडस्थित लिटिल फ्लावर्स इंग्लिस स्कुलबाट विद्यालय शिक्षा पुरा गरेका थिए । साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एसएआइएम) कलेजबाट बिजनेस एडमिनिष्ट्रिसनमा उनले स्नातक गरेका छन्।
दुवईस्थित बलङगोङ विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेसमा स्नातकोत्तर तह पुरा गरेका शर्मा शिक्षा आर्जनका लागि विभिन्न देश पुगे पनि अन्तत स्वदेशमै फर्किएर देशको अर्थतन्त्रमा टेवा पुर्याउने काम गरिरहेका छन् ।
नेपाल फर्किएपछि शर्माले सिंगापुर बेभरेजेज नेपाल प्रालि स्थापना गरे । यो कम्पनी समृद्ध र बिकसित नेपालको परिकल्पनाका साथ स्थापना गरिएको दाबी गरिएको छ । रोयल्टीको नाममा देशबाट धेरै धनरासी बाहिरिएपछि उनले त्यसलाई रोक्न मेड इन नेपाल इन्टरनेसनल प्रडक्ट निर्माणको थालनी गरे ।
शर्माद्धारा स्थापित यो बेभरेजले सन २०१७ बाट कार्बोनेटेड सफ्ट ड्रिक्स उत्पादन शुरु गरेको छ जसलाई विश्वबजारमा निकै परिचित गराएको छ । सन् २०१९ मा यो कम्पनीले जुन जिराव र बिरेनुन समिश्रिमत सफ्ट ड्रिंक्स उत्पादन गर्यो त्यो नेपालमा लोकप्रिय छ भने विश्व बजारमा पनि परिचित छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...