एमाले विवाद मिलाउने कार्यदलमा रामबहादुर थापा बादल – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

एमाले विवाद मिलाउने कार्यदलमा रामबहादुर थापा बादल


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमाले विवाद समाधानकालागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षसँग वार्ता गर्न रामबहादुर थापा ‘बादल’लाई पनि खटाउने भएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई खटाउने तयारी गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल पक्षसँग भएको वार्तामा प्रधानमन्त्री ओलीले बादललाई लगेका थिए। बैठकमा उपस्थित नेपाल पक्षीय नेताहरूले बादललाई उपस्थित गराएकोमा असहमति जनाएका थिए।

उनीहरूले एमालेको झगडा मिलाउने बैठकमा बादललाई राख्न नहुने तर्क गरेका थिए। २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने विषयमा वार्ता गर्ने भएकाले त्यस्ता बैठकमा बादललाई राख्नुको औचित्य नहुने नेपाल पक्षको अडान छ।

शनिबार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा समेत बादल बिनाको बैठक हुनुपर्ने विचार आएको थियो। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि एमाले प्रवेश गरेका बादल प्रधानमन्त्री ओलीका विश्वास पात्र बनेका छन्।

२०७७ फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए।

त्यसयताका हरेक बैठकमा ओलीले बादललाई सहभागी गराउने गरेका छन्। ओलीले नेपाल समूहलाई भने त्यस्ता बैठकमा सहभागी गराएका छैनन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ २, १२: ३३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ २, १२: ३३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ २, १२: ३३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...