ओली र नेपालबीच सिंहदरबारमा छलफल जारी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ओली र नेपालबीच सिंहदरबारमा छलफल जारी


नयाँ विकल्प,


काठमाडाैं-नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो ओली र नेपालबीच कुराकानी भएको हो।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतले बताएको छ।

गत शुक्रबार ओली र नेपाल पक्षका नेताहरूको बैठकले कार्यदल बनाउने अधिकार अध्यक्ष ओली र नेता नेपाललाई दिएका थिए।

नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका छन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ २, १४: ३३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ २, १४: ३३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ २, १४: ३३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...