
नयाँ विकल्प
काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ । केही समयको करेक्सन र साइडवेजपछि बजारले आइतबारबाट फेरि नयाँ उचाईको सुरुवात गरेको हो ।
अब विस्तारै नयाँ रफ्तारमा अघि बढ्ने अपेक्षा गरिएको छ । सोमबार पनि नेप्सेले अहिलेसम्मकै उच्च विन्दु बनाएर अलटाइम हाइ रेकर्ड बनाएको छ । सेयर बजारमा नियमित सिजन सुरु भएको छ ।
सिजनको आगमनसँगै बजारले नयाँ उचाईहरु तय गर्न थालेको हो । बजार सामान्य अवस्थामा रहेकै बेलामा पनि जेठदेखि भदौसम्म बजारमा चमक आउने विगतको पनि परम्परा हो ।
अहिले त त्यसै पनि बजार बुल रनमा छ । बुलिस प्रवृत्तिको बजार भएका बेला सिजनमा अझै बढी चमक आउनुलाई स्वभाविक मान्न सकिन्छ । आगामी दिनहरु पुँजी बजारका लागि थप सुखद् हुने अनुमान विश्लेषण गरिएको छ ।
सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण आएको छ । औसतमा कम्पनीहरुले राम्रो नाफा कमाएका छन् । बैंकहरुको पनि नाफा वृद्धि भएको छ । बिमा तथा माइक्रोफाइनान्सहरुको रिपोर्ट पनि उत्साहप्रद छ ।
यस्तै, बैंक ब्याजदर पनि सस्तो छ । वित्तीय प्रणालीमा सहज तरलताको अवस्था छ । यस्तै, जेठ लागेसँगै सेयर बजारमा सिजन सुरु भएको छ ।
यी परिदृश्यहरुका आधारमा सेयर बजारले आगामी दिनहरुमा अझै सकारात्मक लय समाउने अपेक्षा गरिएको छ । अर्थमन्त्रीले कोरोना प्रभावितलाई मुख्य राहत पुग्ने गरी बजेट ल्याउने बताएका छन् । यसबाट पनि वित्तीय क्षेत्र सुधारमा राहत पुग्ने अपेक्षा गरिएको छ ।
त्यसो त सेयर बजारको चाल र प्रवृत्ति सधैं एउटै हुँदैन । यसले विभिन्न चरणमा फरक–फरक किसिमका प्रवृत्तिहरु देखाउने गर्दछ । यसर्थ, दीर्घकालीन लगानीकर्तालाई यी चरण र प्रवृत्तिबाट खासै नकारात्मक असर गर्दैन ।
तर अल्पकालीन लगानीकर्ताले भने तत्कालको चाल र गति अध्ययन गरेरै खरिदबिक्रीको निर्णय लिने गर्छन् । लगानीकर्ताले कम्पनीको खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, मूल्य, आम्दानी अनुपात र व्यवसाय विस्तारको सम्भावना लगायतलाई ख्याल गर्दै लगानी सम्बन्धी निर्णय लिनु उचित हुने अनुभवीहरुको सुझाव रहने गरेको छ । साथै, बजार कहिलेकाँही लामो समयसम्म नबढ्ने वा घट्नसमेत सक्ने भएकाले सोही अनुसार तयारी गर्न सक्नुपर्छ ।
जोखिम बहन क्षमता र धैर्ययता सेयर बजारका अरु महत्वपूर्ण पक्ष हुन् । नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा आइपुगेको छ । ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन हाइड्रोपावर र अन्य समूहमा बढी चमक आएको छ । १३ मध्ये १० वटा समूहको सूचक वृद्धि भएका छन् ।
११ कम्पनीको भाउ ९% भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । खरिदबिक्री रकममा ६६ करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र शिखर इन्सुरेन्स परेका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...