प्रधानमन्त्री ओलीको सपथबिरुद्ध रिटको सुनुवाई आज हुँदै – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानमन्त्री ओलीको सपथबिरुद्ध रिटको सुनुवाई आज हुँदै


नयाँ बिकल्प,
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सोमबार परेका रिटमा आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्दहरु उच्चारण नगरेको र फरक शब्द उच्चारण गरेकोले सो कार्य गैर–संवैधानिक भएको र आफूअनुकुल शब्द प्रयोग गरी शपथ ग्रहण गरेको रिट निबेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपति भण्डारीले हिँ ..हिँ… मात्र गरेकी थिइन् । यस्तो कार्यले राष्ट्रपति जस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको दाबी रिटमा गरिएको छ ।

संविधानको धारा ८० मा संघीय कानुनबमोजिम सपथ ग्रहण गर्ने भनिए पनि अहिलेसम्म कानुन बनेको छैन । निवेदनमा संघीय संसद्का सदस्य नै नभएका तर प्रतिनिधिसभाको एउटै कार्यकालमा दोहो¥याएर मन्त्री नियुक्त भइ शपथ ग्रहण गरेका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न समेत माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले सर्वोच्च अदालतमा चार वटा रिट निवेदन दर्ता गराएका थिए ।

संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न तथा त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोक्न पनि रिट निवेदकहरुले माग गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ४, ०९: ३५

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ४, ०९: ३५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ४, ०९: ३५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...