
नयाँ विकल्प,
काठमाडाैं- दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन्।
नेपाललाई भेट्न बादल मंगलबार दिउँसो कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन्।
जेठ ६ मा बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको सहयोग र समर्थनमा नेता नेपालनिकटका खिमलाल देवकोटा पनि उम्मेदवार छन्।
२०७४ सालमा माओवादी केन्द्रबाट निर्वाचित भएका बादललाई पछिल्लो समय पार्टी छोडेर एमालेमा प्रवेश गरेपछि माओवादीले सांसदबाट हटाएको थियो। उनलाई हटाएपछि खाली भएको पदमै बिहीबार उपनिर्वाचन हुन लागेको हो।
माओवादी केन्द्रले भने सोमबार विज्ञप्ति निकालेर बादल प्रतिगमनको मतियार र संघीयताविरोधी देखिएकाले संघीयता विज्ञ देवकोटालाई मत दिन ह्वीप जारी गरेको छ।
देवकोटाले केन्द्रमा जे-जस्तो निर्णय भए पनि आफूले उम्मेदवारी फिर्ता नलिने बताएका थिए।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...