
नयाँ विकल्प ,
काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारको आदेश दिएको छ ।
अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली सहितले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आदेश जारी नहुने तर अग्राधिकारको आदेश दिएको हो ।
सर्वोच्चमा प्रधानमन्त्रीको शपथ र अन्य मन्त्रीहरुको नियुक्ति गैरसंवैधानिक रुपमा भएको भन्दै चार वटा रिट निवेदन सोमबार दर्ता भएको थियो ।
अधिवक्ताहरु सन्तोष भण्डारी, नवराज अधिकारी, राजकुमार सुवाल लगायतले दायर गरेको रिटमा राष्ट्रपति तथा प्रधानमन्त्रीका कार्यालयलाई कारण देखाउ आदेश र अग्राधिकार दिने आदेश सर्वोच्चले गरेको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...