
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा बसेर विभाजनको संघारमा पुगेको विपक्षी जनता समाजबादी पार्टी अन्तत सरकारमा नजाने निर्णयसँगै विभाजनबाट जोगिएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादबबीच नै प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा उभिएपछि पार्टी विभाजनको संघारमा पुगेको थियो । मंगलबार जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै ओली सरकारमा सहभागी नहुने संकेत गरेका हुन् ।
दुवै अध्यक्षले पार्टी तत्काल सरकारमा सहभागी नहुने र प्रतिपक्षमा रहीे भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहेको भन्दै राष्ट्रिय सहमतिको वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर भएमा मात्र सरकार गठन गर्न अगाडि बढ्न सकिने बताएका छन् ।
उनीहरुले प्रतिनिधिसमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमाथि सांसदलाई आ आफ्नो स्वविवेक प्रयोग गर्न दिने निर्णय पदाधिकारी बैठकले नै गरेको भन्दै सो अवसरलाई दुरुपयोग गरी पार्टीका केही नेतृत्वबाट नै गुट उपगुट खडा गरी अराजक कृयाकलाप गरेको बताएका छन् ।
पार्टी एकता, अनुशासन, आचार संहिता एवम् पार्टी कार्यपद्धति प्रतिकुल रहेका त्यस्ता प्रकारका कार्य, अभिव्यक्ति एवम् गतिविधिहरु तुरुन्त बन्द गर्नु पर्छ भन्दै उनीहरुले पार्टी भित्रका गतिविधिहरु पार्टी विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरुप गर्न भनेका छन् ।
दुवै अध्यक्षले समायोजन हुन नसकेका विभिन्न संगठन, भ्रातृ संगठनबीच समायोजन कार्यलाई पार्टी बिधान, समायोजन सम्वन्धी निर्देशिका र पार्टीलले गरेको निर्णयहरुको आधारमा यथाशिघ्र सम्पन्न गरिने बताएका छन् ।
विज्ञप्तिमा पार्टी संसदीय दलको नेतामा राजेन्द्र महते चयन गरिएको भन्ने प्रचारबाजीलाई अनधिकृत भएको र आधिकारिक नभएको पुष्टि गरेको छ । किनकी संसदीय दलको बैठकको निर्णयबाट वा प्रकृया पुर्याएर उनलाई दलको नेतामा चयन गरिएको छैन ।
पार्टी भित्र कसैले व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुट उपगुट खडा गर्ने, पार्टी नेताहरुका बिरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, बिचार प्रकृतिहरुलाई अन्त्य गर्न दुवै अध्यक्षले आग्रह गरेका छन् ।
आठ बुँदामा जारी विज्ञप्तिमा जसपा संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र, धर्मनिरपेक्षता, जातीय, बर्गीय, लैङ्गिक विभेद र असमनातालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामाजिक न्यायका लागि मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लागेको दुवै अध्यक्षले दाबी गरेका छन् ।


काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...