काठमाडौंबाट रूकुम पश्चिम गइरहेको बस दाउन्नेमा दुर्घटना, ४ जनाको मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

काठमाडौंबाट रूकुम पश्चिम गइरहेको बस दाउन्नेमा दुर्घटना, ४ जनाको मृत्यु


नयाँ विकल्प,


काठमाडाैं-काठमाडौंबाट रूकुम पश्चिम गइरहेको यात्रुबाहक बस पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाको कारण खुलिसकेको छैन।

उद्धार गरिएका घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।


बुधबार बिहान ६ बजेतिर दाउन्ने मन्दिर र दुम्कीबासको बिचमा ना ५ ख २७१३ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको थियो। बसमा भएका ५२ जनामध्ये ४८ जना घाइते छन्।

घटनास्थल भिरमा रहेकोले घाइतेहरूको क्रेनको माध्यमबाट उद्धार भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ५, १०: ४५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ५, १०: ४५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ५, १०: ४५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...