
नयाँ बिकल्प,
पोखरा । आफू नेतृत्वको सरकार अल्पमतमा पर्ने देखेपछि एक साता अघि पदबाट राजिनामा दिएर प्रदेशमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री भएका पृथ्वीसुब्बा गुरुङले बुधबार गण्डकी प्रदेश मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदमा ५ जनालाई नियुक्त गरेकोमा ति सबै पुरानै अनुहार हुन् । प्रदेश मन्त्री हुने पुराना अनुहारमा किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) छन् ।
किरण गुरुङलाई अर्थ र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अरु मन्त्रीको जिम्मेवारी तोकिएको छैन । नवनियुक्त सबै मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी हुन् ।
दीपक मनाङे उर्फ राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार मात्र शपथ गराउने जनाइएको छ । गुरुङ २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कोरोना संक्रमणका कारण बिरामी परेको हुँदा उनले मन्त्रिपरिषद गठन गर्न सकेका थिएनन् । केही निको भएपछि उनले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन् ।
सरकारको प्रवक्ता मन्त्री रामशरण बस्नेतलाई तोकिएको छ । पदभार ग्रहणपछि बुधबार नै प्रदेश मन्त्रीरिषदको बैठक बसेको थियो । बैठकले प्रदेशमा दुई मन्त्रालय थप्ने गरी नियमावली परिवर्तन गरेको प्रवक्ता बस्नेतले बताए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...